राष्ट्रिय सभा निर्वाचनका लागि सिट बाँडफाँट गर्न चार दलको बैठक जारी

राष्ट्रिय सभा निर्वाचनका लागि सिट बाँडफाँट गर्न चार दलको बैठक जारी

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँट टुंग्याउन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चार दलको बैठक सुरू भएको छ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसहित चार दलका नेताहरू सहभागी छन्। 

बैठकमा राष्ट्रिय सभा सदस्य निर्वाचनमा सिट बाँडफाँट गर्ने विषयमा छलफल भइरहेको छ। शनिबार बसेको बैठकमा कांग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जसपाले १ सिट लिने गरी सहमतिको खाका भएको थियो। तर एकीकृत समाजवादीले त्यो खाकामा असन्तुष्टि जनाएको थियो। 

अहिलेको बैठकले सकेसम्म एकीकृत समाजवादीलाई मनाउने र सहमतिको प्रयास गर्ने नेताहरूले जनाएका छन्। ‘सकेसम्म एकीकृत समाजवादीलाई मनाएर अघि बढ्ने प्रयास हुन्छ। नभए माओवादी केन्द्रले एक सिट छोड्नुपर्ने हुनसक्छ,’ बैठकमा सहभागी एक नेताले भने।  राष्ट्रिय सभामा १९ सिटका लागि आगामी माघ ११ गते निर्वाचन हुँदैछ भने त्यसकालागि सोमबार मनोनयन दर्ता गर्ने कार्यतालिका छ।

Skip This
Skip This
Logo