नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा निर्वाचनमा पठाउने उम्मेदवारको टुङ्गो लगाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले आफ्नो भागमा परेका ६ वटै सिटमा उम्मेदवारको नाम टुङ्गो लगाएको हो । दुई अपाङ्गता भएका व्यक्ति र तीन महिला पठाउने निर्णय भएको छ ।
बैठकले कोशीबाट महिला कोटामा चम्मादेवी कार्की, बागमतीमा अन्यतर्फ श्रीकृष्ण अधिकारी, गण्डकीमा महिलातर्फ मनरूपा शर्मा, लुम्बिनीमा अन्यमा झक्कु सुवेदी, कर्णालीमा दलित कोटामा विष्णु विश्वकर्मा र सुदूरपश्चिममा महिला कोटामा रेणु चन्दको नाम टुंगो लगाएको सचिव देवेन्द्र पौडेलले जानकारी दिए।































प्रतिक्रिया