मुलुकमा दलहरूबीच सहमति र सहकार्य गर्न आवश्यक छः नेता सिटौला

मुलुकमा दलहरूबीच सहमति र सहकार्य गर्न आवश्यक छः नेता सिटौला

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसका नेता एवम् राष्ट्रिय सभा सदस्यका उम्मेदवार कृष्णप्रसाद सिटौलाले मुलुकमा अहिले दलहरूबीच सहमति र सहकार्यको खाँचो रहेको बताएका छन्। 

संविधान निर्माण भएपनि त्यसको पूर्ण कार्यान्वयन हुन नसकेकोप्रति चिन्ता व्यक्त गर्दै नेता सिटौलालाई यसकालागि दलहरूबीच सहमति र सहकार्य आवश्यक रहेको बताएका हुन्।

बुधबार धनकुटाको हिलेमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा नेता सिटौलाले ठूला–ठूला राजनीतिक समस्याहरू सहमति र सहकार्यबाटै समाधान हुन सक्ने बताए। 

‘मुलुकमा यति ठूलो राजनीतिक परिवर्तनपछि हामीले ठूलो संघर्ष र लगानी गरेर संविधान निर्माण गरेका छौँ,’ संविधानसभामा मस्यौदा समितिको संयोजक समेत रहेका सिटौलाले भने,‘अब संविधानको पूर्ण कार्यान्वयन नहुँदासम्म दलहरूबीच सहकार्य र एकता आवश्यक हुन्छ।’ उनले अहिले जनतामा देखिएका कतिपय असन्तुष्टिहरू संविधानको पूर्ण कार्यान्वयनबाट प्राप्त हुन सक्ने बताए। 

कार्यत्रमा नेकपा माआोवादी केन्द्रका केन्द्रीय सदस्य तथा राष्ट्रिय सभा सदस्यका उम्मेदवार चम्पादेवी कार्कीले राष्ट्र निर्माणमा सबै एक भएर लाग्नु पर्नेमा जोड दिए। 

Logo