देश जोगाउन अब गठबन्धन भत्काउनुपर्छ, कहाँ मिसन २०८४ पर्खिएर हुन्छ ? -अध्यक्ष ओली

देश जोगाउन अब गठबन्धन भत्काउनुपर्छ, कहाँ मिसन २०८४ पर्खिएर हुन्छ ? -अध्यक्ष ओली

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार निकम्मा भएको टिप्पणी गरेका छन्।

बिहीबार पार्टीको खेलकुद संगठन खेलकुद महासंघको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले वर्तमान गठबन्धन सरकार निकम्मा, भ्रष्टाचार, तस्कर र कमिसनखोरको संरक्षक भएको आरोप लगाएका हुन् । तरकारी बारीको बुख्याँचाजस्तो सरकारले केही गर्न नसक्ने पनि उनले बताए । 

अंग्रेजीमा भनाइ छ– बर्ड्स अफ् द सेम फिगर फ्लाइ टुगेदर। यिनीहरूको घाँटीमात्रै होइन सिंगै शरीर जोडिएको छ । यी एकै वंश, एकै नश्लका हुन्। र यी भ्रष्टाचारी वंशका हुन्। यी कमिसनतन्त्रीय वंशका हुन्। यिनको गोत्र निकम्मा गोत्र हो। यिनको जात देशद्रोही हो।’ उनले भने, ‘सरकार कस्तो छ भने तरकारी बारीको बुख्याँचाजस्तो छ । अहिले त त्यसका टाउकामा सुुगा पनि बस्छ। त्यसका टाउकामा काग पनि बस्छ। सबै बस्छ। किनभने सबैले चिनिसके–यो बुख्याँचा हो भनेर।’

साथै अध्यक्ष ओलीले देश बर्बाद हुनबाट जोगाउन गठबन्धन भत्काउने पहल गर्नुपर्ने पनि बताए । ‘देश बर्बाद हुन लाग्यो भने कहाँ मिसन २०८४ ? ०८४ को चुनाव भनेर पर्खिएर बसेर हुन्छ ? उस्तै पर्‍यो भने यो गठबन्धन भत्काएर..!,’ उनले भने, ‘तर, यी लोभिपापीहरू नभत्कन सक्छन्!’

Skip This
Skip This
Logo