विधायनसम्बन्धी विधेयकमा अर्थको सहमति पर्खिरहेका छौंः सचिव सापकोटा

विधायनसम्बन्धी विधेयकमा अर्थको सहमति पर्खिरहेका छौंः सचिव सापकोटा

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय सभाअन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ । 

शुक्रबारको बैठकमा विधायन सम्बन्धी विधेयक, २०८० मा दफावार छलफल भएको थियो । उक्त बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटाले यो विधेयकको लागि धेरै समय लागेको भन्दै अर्थ मन्त्रालयको सहमति नआएसम्म अगाडि बढाउन नमिल्ने बताए । 

उनले भने, ‘ढिला भएको छ, नभएको होइन, समय लागेको छ, लाग्छ पनि मैले भनेको के के पुगेको छैन्, त्यसको बारेमा लेखेर पत्र पठाइहाल्नु, कानून मन्त्रालयले केही हेरेन भन्नुहुन्छ । अर्थको सहमति नआएसम्म हामीले केही गर्न मिल्दैन । सहमति आएपछि मात्रै हाम्रो मन्त्रालयले केही गर्ने हो । हेर्नलाई हेरिरहेका हुन्छौं तर अन्तिम रुप दिनका लागि सबैको सहमति पश्चात मात्रै संभव छ ।’ 

Skip This
Logo