‘परराष्ट्रमन्त्री भारतबाट रित्तो कुटुरो बोकेर फर्किएछन्’ : डा. बाबुराम भट्टराई

‘परराष्ट्रमन्त्री भारतबाट रित्तो कुटुरो बोकेर फर्किएछन्’ : डा. बाबुराम भट्टराई

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले सीमाविवाद बारे कुरा गर्न भारत गएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली रित्तो कुटुरो बोकेर स्वदेश फर्किएको बताएका छन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमणबारे उनले टिप्पणी गरेका हुन् ।

‘विदेशमन्त्री ज्ञवाली कुवेलाको भारत भ्रमणपछि ‘कुराकानी भएको’ ‘छळफल भएको’ ‘विचारको आदानप्रदान भएको’ ‘गतिदिने सहमति भएको’ ‘प्राथमिकतामा राख्ने सहमति भएको’आदि रित्तो कुटुरो बोकेर फर्कनु भएछ । देशको जटील भूराजनीतिक स्थिति नबुझी कैले बुरूक्क उफ्रिने र कैले लम्पसार पर्नेको हालत यस्तै हुन्छ ।’-उनले लेखेका छन् ।

भट्टराईले ज्ञवालीको भारत भ्रमण बेला न कुबेलाको भन्दै व्यंग्य पनि गरेका छन् । उनले देशको जटिल भूराजनीतिक स्थिति नबुझी नेताहरु बुरूक्क उफ्रिने र लम्पसार पर्ने गरेको उल्लेख गरेका छन् ।

Logo