काठमाडौं ।
सभामुख अग्निप्रसाद सापकोटाले सांसदलाई सदनमा बोल्ने क्रममा व्यक्तिगत टीकाटिप्पणी र आरोप प्रत्यारोपतिर नजान ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय जनता पार्टीकी चन्दा चौधरीले जेठ १९ गतेको बैठकमा एक सांसदले गरेको टिप्पणीप्रति आपत्ति जनाउँदै सो विषय रेकर्डबाट हटाउन माग गरेपछि सभामुखले सो आग्रह गरेका हुन् ।
सभामुखले सो विषयका बारेमा सबै विवरण लिई कार्यव्यवस्था समितिमा राखेर छलफल गरिने जनाउँदै त्यस सम्बन्धमा रुलिङ भइसकिएकाले प्रवेश नगर्न आग्रह गरे । साथै उनले वर्तमान संकटमा पनि सदन चलाएर राष्ट्रिय महत्वका विषयमा निष्कर्षतिर गइरहेका बेलामा व्यक्तिगत टीकाटिप्पणी र आरोपप्रत्योरोपतिर नजान अनुरोध गरे ।
सांसद चन्दा चौधरीले सदनमा हिन्दी भाषामा बोलेका आधारमा भारतीय चेली भनेर गरिएको टिप्पणीप्रति आपत्ति प्रकट गर्दै संसद् नियमावलीमा नै आफूलाई सहज हुने भाषामा सदनमा बोल्न पाउने व्यवस्था रहेको बताएकी थिइन् ।
प्रतिक्रिया