काठमाडौं । तत्कालीन संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी मिलेर बनेको जनता समाजवादी पार्टीमा सहमति जुटेको छ । लामो सयमदेखि शीर्ष नेताहरुको पद व्यवस्थापन गर्न जसपाभित्र समस्या देखिएको थियो । श्रोतका अनुसार एकीकृत पार्टीको संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, केन्द्रीय समिति अध्यक्ष महन्त ठाकुर र उपेन्द्र यादवलाइ बनाउने तय भएसँगै जसपा नेतृत्वमा सहमति जुटेको हो ।
जसपाको नेतृत्वको वरीयतामा महन्त ठाकुर पहिलो, डा. भट्टराई दोस्रो, उपेन्द्र यादव तेस्रो, अशोक राई चौथो र राजेन्द्र महतो पाँचै नम्बरमा रहेका छन् । त्यस्तैगरी जसपाले आजै निर्वाचन आयोगमा दल दर्ता गर्न जाने श्रोतले बताएको छ । तत्कालीन समाजवादी र राजपा पार्टीले गत वैशाख १० मा पार्टी एकता गर्ने घोषणा गरेका थिए । पार्टी एकता घोषणा गरेको भोलिपल्ट निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका थिए । तर दल दर्ता गर्दा आवश्यक पर्ने कागजपत्र बुझाउन नसक्दा दल दर्ता प्रक्रिया त्यत्तिकै रोकिएको थियो ।
दल दर्ताको निवेदन दिएको ४५ दिनभित्र निर्वाचन आयोगमा नयाँ पार्टीको घोषणा पत्र, पार्टीको विधान, दुबै पार्टीका केन्द्रीय सदस्यको हस्ताक्षर र पार्टी एकता गर्दाको सहमति पत्र बुझाउनु पर्ने हुन्छ । सोही कागपत्र लिएर नेताहरु आयोगमा जान लागेका हुन् ।





























प्रतिक्रिया