‘निर्वाचनसँग डराउनेलाई सूर्य चिन्ह किन चाहियो ?’ : प्रधानमन्त्री ओली

‘निर्वाचनसँग डराउनेलाई सूर्य चिन्ह किन चाहियो ?’ : प्रधानमन्त्री ओली

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीहरु चुनावदेखि डराएको बताएका छन् । उनले जनतासँग जान डराउनेलाई किन सूर्य चिन्ह चाहियो भन्दै प्रश्न पनि गरेका छन् ।

ओलीले सूर्य चिन्ह लिएर अहिलेसम्म चुनाव नलड्नेले निर्वाचन आयोग पुगेर यो त हामीलाई चाहियो भनेर दाबी गर्न मिल्छ भन्दै प्रश्न पनि गरे ।

आफूले देशलाई हँसाउन चाहेको बताउँदै आफ्ना विरोधीले देश र जनतालाई रुवाउन खोजेको भन्दै आफूले त्यस्तो हुन नदिने उनले बताए । ‘के म दुनियाँलाई रुवाउँदै हिंडौं ?’ ओलीले भने, ‘देश अब विकासतिर अघि बढ्नेछ ।’

नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली समूहले आज राजधानीमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

यस्तै पूर्व सभामूख तथा नेकपा नेता सुभासचन्द्र नेम्वाङले केपी शर्मा ओली अध्यक्ष र विष्णुप्रसाद पौडेल महासचिव भएको पार्टी नै वैधानिक नेकपा भएको बताएका छन् । उनले अहिलेको सरकार वैधानिक सरकार भएको पनि बताएका छन् ।

कार्यक्रममा बोल्दै नेता नेम्वाङले निर्वाचन आयोगले निर्वाचनको आचारसंहिता सार्वजनिक नगरुन्जेलसम्म प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार संविधान अनुसार वैधानिक रहेको बताए ।

निर्वाचन आयोगले आचारसंहिता जारी गरेपछि भने सरकारका कतिपय काममा स्वतः अवरोध सृजना हुन सक्ने नेता नेम्बाङको भनाइ छ । उनले हालको सरकारमा जस्तो सुकै काम गर्ने अधिकार रहेको पनि प्रष्ट पारेका छन् । उनले देश अब निर्वाचनमा गइसकेको पनि बताए ।

तिनकुनेस्थित रोयल बैंक्वेटमा भइरहेको भेलालाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली लगायत थुप्रै शीर्ष नेताले सम्बोधन गरेका थिए।

Logo