नेकपा ओली समूहले राजधानीमा आयोजना गरेको कार्यकर्ता भेला शुरु (प्रत्यक्ष प्रशारण)

नेकपा ओली समूहले राजधानीमा आयोजना गरेको कार्यकर्ता भेला शुरु (प्रत्यक्ष प्रशारण)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा को ओली समूहले आज राजधानीमा अगुवा कार्यकर्ता भेलाको आयोजना गरेको छ ।

तिनकुनेस्थित रोयल बैंक्वेटमा दिउसो १ बजे कार्यक्रम शुरु भएको छ । सो भेलालाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

आज हुने प्रदेश नं. १ का अगुवा कार्यकर्ता भेलालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

पुस ५ मा प्रतिनिधिसभा विघटन भएपछि नेकपामा स्पष्टरुपमा २ पक्षहरु देखिएका छन् । विभाजित बनेको नेकपाको दुबै समूह एकअर्काविरूद्ध आरोप प्रत्यारोपमा उत्रिएका छन् ।

त्यस यता प्रधानमन्त्री ओली र प्रचण्ड माधव समूहका कार्यक्रमहरु दैनिकजसो हुँदै आएका छन्।

Logo