जनता भोकभोकै मरेको अवस्थामा राष्ट्रपतिले कार्पेट फेर्नु जनताको आलो घाउमा नुनचुक लगाउनु–राप्रपा

जनता भोकभोकै मरेको अवस्थामा राष्ट्रपतिले कार्पेट फेर्नु जनताको आलो घाउमा नुनचुक लगाउनु–राप्रपा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । कोरोनासँग लड्न सरकारको लकडाउन बाहेक अन्य कुनै प्रभावकारी काम गर्न नसकेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आरोप लगाएको छ । मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै राप्रपाले सो आरोप लगाएको हो । जनता भोकभोकै मरेको अवस्थामा राष्ट्रपतिका लागि करोडौंको नयाँ कार्पेट र मन्त्रालयको आन्तरिक सजावत तथा जिमखाना बनाउने सरकारको निर्णयले जनताले आलो घाउमा नुनचुक छर्केको महशुस गरेकाे राप्रपाको भनाइ छ ।

‘महिनौसम्म अर्थतन्त्र ठप्प हुँदा देशमा भोकमरीको खतरा बढेर गएको छ । देशको राजधानी काठमाडाैंमा समेत श्रमिकहरु काम नपाएर मरेको खबर आईरहेको अवस्थामा सरकारले अर्थतन्त्र चलायमान बनाउन कुनै प्रभावकारी काम गरेको छैन’–राप्रपाद्वारा जारी विज्ञप्तिमा भनिएको छ–‘जनता भोक भोकै मरेको अवस्थामा राष्ट्रपतिको लागि करौडोको नयाँ कार्पेट, आन्तरिक सजावट तथा जिमखाना खरिद निर्माण गर्न सरकारी निर्णय पढ्दा जनताले आलो घाउमा नुनचुक छर्केको महशुस गरेका छन् ।’

त्यस्तै सरकारले लकडाउनको अवधि बढाएपनि उचित परीक्षणको दायरा बढाउन नसकेको उसको भनाइ छ । कोरोना नियन्त्रण गर्न लकडाउन उपयुक्त विधि भएपनि अन्य कार्य योजना व्यवस्थापन गर्न नसक्दा संक्रमणले विकराल स्थिति सृजना राप्रपाले उल्लेख गरेको छ ।  लकडाउनको समयको उपयोग गरेर सरकारले कोरोना विरुद्ध औषधि उपलब्धी, भण्डारण र व्यवस्थापनमा लापरवाही गरेको राप्रपाको भनाइ छ । साथै, औषधि खरिदमा भएको भ्रष्टाचारलाई सरकारले छोप्ने प्रयास गर्दा जनतामा निरासा छाएको राप्रपाले उल्लेख गरेको छ ।

आगामी दिनमा कोरोनाको चाप बढ्दै जाने जोखिम भएपनि सरकारी यन्त्र निरिह अवस्थामा रहेकाले ठूलो जनधनको क्षति हुन सक्ने सम्भावना बढेको राप्रपाको दाबी छ । स्थानीय तहलाई कोरोना व्यवस्थापनको जिम्मा दिएपनि श्रोत, साधन र स्पष्ट मार्गनिर्देशनको अभावमा प्रभावकारी हुन नसकेको उसको आरोप छ ।  लडाउनका कारण लाखौँ जनता बेरोजार भएपनि राज्यले उचित राहतको व्यवस्था  र घरजाने वातावरण बनाउन नसकेको विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै, भारतबाट हजाराैँको संख्यामा आएका नेपालीको सामान्य स्वास्थ्य जाच पनि नगरी स्थानीय तहमा पठाउँदा गाउँ–गाउँमा कोरोना फैलिने सम्भावनालाई नजरअन्दाज गरेर सरकार जिम्मेवारीबाट पन्छिएको राप्रपाको आरोप छ ।

त्यस्तैगरी कोरोना नियन्त्रण गर्न उपप्रधानमन्त्रीको नेतृत्वमा गृहमन्त्री, स्वास्थ्यमन्त्री लगायतको उच्च स्तरीय समिति गठन गरे पनि समितिको काम एकजना उपसचिवबाट प्रत्येक दिन कसरी कोरोना बढेर गइरहेछ भन्ने संख्या दिनु बाहेक अरु केहि नभएको राप्रपाको आरोप छ । साथै, न्यून आय भएका गरिब, ज्यालादारी गर्ने मजदूर र असहाय जनताप्रति संवेदनशील भएर सरकारले नेतृत्व गर्न नसकेको राप्रपाको आरोप छ । सरकारको अझै यस्तै निष्कृयता देखाए देशले ठूलो कष्ट भोग्नु पर्ने राप्रपाको दाबी छ ।

पूरा विज्ञप्ति:

Skip This
Skip This
Logo