प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले आज देशका सबै स्थानिय तहमा विरोध प्रदर्शन गर्ने

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले आज देशका सबै स्थानिय तहमा विरोध प्रदर्शन गर्ने


काठमाडौं ।

नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध आज देशका ७५३ वटै स्थानिय तहमा विरोध प्रदर्शन गर्दैछ ।

यस अघि पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा कांग्रेसले विरोध सभा गरिसकेको छ । यस्तै पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको कांग्रेसले आज ७५३ वटै स्थानीय तहमा विरोध प्रदर्शन गर्ने तयारी गरेको हो । यस्तै माघ ८ गते सबै वडाहरुमा विरोध गर्ने कांग्रेसले जनाएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले आज हुने विरोध सभामा सहभागी हुन सबै नेता कार्यकर्तालाई अपिल गरेका छन् । ‘पार्टीका सबै तहका साथीहरूसँगै समस्त लोकतन्त्रवादीमा विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपिल गर्दछु’ देउवाद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटन गरिएपछि काँग्रेसले यस विरुद्ध देशव्यापी प्रदर्शन गरिरहेको छ । यसका विरुद्धमा नेकपाको ओली समूहबाहेक अन्य साना ठूला सबै दलहरु सडक संघर्षमा छन् । यद्यपी प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुको सुनुवाई भने सर्वोच्चमा विचाराधिन अवस्थामै छ ।

Logo