केन्द्रबिन्दु बुलेटिन : प्रतिनिधिसभा विघटनको मुद्दा पूर्ण बृहत् इजलासमा नजाने (भिडियोसहित)

केन्द्रबिन्दु बुलेटिन : प्रतिनिधिसभा विघटनको मुद्दा पूर्ण बृहत् इजलासमा नजाने (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

हामीले हरेकदिन दिनभरिका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्ने गरेका छौं । आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं । आजका मूख्य समाचारहरु मध्ये प्रतिनिधिसभा विघटनको मुद्दा पूर्ण बृहत् इजलासमा सुनुवाइ गर्न सर्वोच्चले अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित ५ जना न्यायाधीशहरूको संवैधानिक इजलासले यो मुद्दा पूर्ण बृहत् इजलासमा सुनुवाइ गर्न अस्वीकार गरेको हो । शुक्रबार रिट निवेदक र सरकारी पक्षका वकिलहरूको बहस सकिएपछि सर्वोच्चले संवैधानिक इजलासमा नै छलफल निरन्तर हुने आदेश गरेको हो ।

इन्डोनेशियाको सुलावेसी द्वीपमा भूकम्पका कारण एउटा अस्पताल आंशिक रूपमा भत्किएपछि कम्तीमा ३४ जना मानिसको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । शुक्रवार सबेरै एउटा सानो भूकम्पको गएको एक घण्टापछि ६.२ म्याग्निच्यूडको ठूलो भूकम्प आएको थियो । भूकम्पका कारण सयौँ मानिस घाइते भएका छन् भने हजारौँ विस्थापित भएका छन् ।

विभागीय टिम त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको उदघाटन खेलमा आर्मीले गण्डकी प्रदेशलाई ९८ रनले पराजित गरेको हो । २ सय ८८ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको गण्डकी प्रदेशले ४८ ओभरमा सबै विकेटको गुमाउँदा १ सय ८९ रनमै सिमित बन्नु पर्यो ।

नेकपा उपाध्यक्ष तथा राष्ट्रियसभा सदस्य वामदेव गौतमले देशमा भ्रष्टाचार व्याप्त रहेको बताएका छन् । गौतमले सरकारले देशमा सुशासन कायम गर्ने घोषणा गरेपनि व्यवहारमा नदेखिएको तथा, भ्रष्टाचार अन्त्यको निम्ति विभिन्न कानुन, नियमावली बनेको भएपनि लागु हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

औषधि व्यवस्था विभागले कोरोना भाइरस कोभिड–१९ विरुद्धको खोप ‘कोभिसिल्ड’लाई नेपालमा आपतकालीन प्रयोगको अनुमति दिएको छ । सेरम इनिस्च्युट अफ इण्डियाले उत्पादन गरेको खोपलाई आपतकालीन प्रयोगका लागि सशर्त अनुमति दिइएको विभागले जनाएको छ । कोभिसिल्ड’ अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेकासँग मिलेर विकास गरेको खोपको भारतीय संस्करण हो ।

Logo