राष्ट्रिय प्रजातन्त्र पार्टी ३१ औँ वर्षमा प्रवेश, अध्यक्ष थापाको सन्देश (भिडियोसहित)

राष्ट्रिय प्रजातन्त्र पार्टी ३१ औँ वर्षमा प्रवेश, अध्यक्ष थापाको सन्देश (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ३१ औँ वर्षमा प्रवेश गरेको छ । देशको वैकल्पिक शक्तिको रुपमा स्थापना गरिएको राप्रपा बिहिबार ३१ औँ वर्षमा प्रवेश गरेको हो । राप्रपालाई वि.स २०४७ जेठ १५ मा देशको वैकल्पिक शक्तिको रुपमा स्थापना गरिएको थियो ।

३१ औँ वर्षमा प्रवेश गरेको अवसरमा राप्रपा अध्यक्ष कमल थापाले भिडियो सन्देश जारी गरेका छन् । उक्त भिडियो सन्देशमा उनले भनेका छन्–‘राप्रपालाई माया गर्नुहुने देश तथा विदेशमा रहनुहुने सम्पूर्ण दाजुभाई तथा दिदी बहिनीहरुमा सादर आभार व्यक्त गर्दछु ।’

त्यस्तै अध्यक्ष थापाले पार्टीका संस्थापक नेता र पार्टीको आदर्शप्रति प्रतिबद्ध रहेकै कारण शहादत प्राप्त गरेका शहिदहरुप्रति अभिनन्दनका साथै श्रद्धांजली व्यक्त गरेका छन् । अध्यक्ष थापाले पार्टीलाई आजको अवस्थासम्म पु¥याउन योगदान पु¥याउने सम्पूर्णलाई धन्यवाद दिएका छन् । उनले भनेका छन्–‘अनेकौ उतारचढावको वावजुद कत्ति पनि विचलित नभई पार्टीलाई वर्तमान अवस्थासम्म ल्याउन योगदान पु¥याउने क्रियाशील पार्टीका साथीहरुमा धन्यवादका साथै हार्दिक बधाई र शुभकामना दिन चाहान्छु ।’

स्थापनाकालदेखि टुटफुटको नियति भोगेको राप्रपा अब कहिल्यै नफुटने बाचासहित एकताबद्ध भएको उनको भनाइ छ । अध्यक्ष थापाले देशलाई प्रजातान्त्रिक राष्ट्रवादी शक्तिकोे आवश्यकता भएको भन्दै राप्रपाले जनताको चाहना अनुरुप सुशासन र सम्वृद्धी प्रदान गर्ने बताएका छन् । राप्रपाको फरक विचार र अनुभवले खारिएका नेतृत्वबाट वैकल्पिक शक्ति बन्ने उनको भनाइ छ । ‘कतिपयलाई तितो लाग्न सक्छ, तर यस्तो विकल्प बन्न सक्ने योग्यता र क्षमता राप्रपामा मात्र छ’– उनले भनेका छन्–‘राप्रपामा रहेको फरक विचार, देशव्यापी संगठन र अग्नि परीक्षाबाट उत्तिर्ण नेतृत्वको कारण राप्रपा देशले चाहेको वैकल्पिक शक्ति बन्न सक्दछ ।’

त्यस्तैगरी अध्यक्ष थापाले आगामी दिनमा सक्रिय रुपले संगठन विस्तार गरी जनताको विश्वास जित्ने र राजसंस्था सहितको लोकतन्त्र र सनातन हिन्दु राष्ट्रको वकालत गर्दै समृद्ध नेपाल निर्माण गर्ने उल्लेख गरेका छन् । विगतमा केही त्रुटिहरु भएको भन्दै ती त्रुटिबाट पाठ सिक्दै आगामी दिनमा दोहोरिन नदिने उनको भनाइ छ । साथै, अध्यक्ष थापाले आगामी दिनमा पनि राप्रपालाई विश्वास गरी साथ दिन सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीहरुमा अपिल समेत गरेका छन् ।

पूरा भिडियाे:

Logo