संघीय संसदको लोगो परिवर्तन गरिने

संघीय संसदको लोगो परिवर्तन गरिने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
संघीय संसदको प्रतिकका रुपमा रहेको लोगो परिवर्तन गरिने भएको छ । कार्य व्यवस्था परामर्श समितिको आइतबार बसेको बैठकले लोगो परिवर्तन गर्ने निर्णय गरेको हो ।

सरकारले नेपालको अद्यावधिक नक्सा जारी गरेपछि संसदको लोगोमा प्रयोग भएको नक्सा परिवर्तन गर्नुपर्ने भएकाले समितिले सो निर्णय गरेको हो । संघीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले सरकारले नेपालको परिवर्तित नक्सा राजपत्रमा प्रकाशन गरेपछि लोगोमा प्रयोग भएको नक्सा सोही अनुसार परिवर्तन गर्ने निर्णय गरिएको बताए ।

संघीय संसदका दुबै सदनमा सांसदहरुले प्रयोग गर्दै आएको लोगोमा एकरुपता ल्याउनका लागि प्रतिनिधिसभालाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ ।

राष्ट्रियसभा नियमावली २०७५ को नियम २२१ अनुसार सांसदहरुको पोशाक र संघीय संसदको प्रतिक कार्य व्यवस्था परामर्श समितिको परामर्शमा अध्यक्षले तोके बमोजिम हुने व्यवस्था छ । बैठकले जेठ १२ गतेका लागि बोलाएको अर्को बैठक एक दिन पर सारेको छ । १२ गते मुस्लिम समुदायको पर्व इदुल फित्र परेकाले बैठक एकदिन पर सारिएको हो । बैठक १३ गते ११ बजे बस्नेछ ।

Skip This
Skip This
Logo