सरकारले कसैको दबाबमा परेर काम गर्दैन–प्रधानमन्त्री ओली

सरकारले कसैको दबाबमा परेर काम गर्दैन–प्रधानमन्त्री ओली

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सरकारले जनताको बाहेको कसैको दबाबमा परेर काम नगर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा सरकारको आगामी नीति तथा कार्यक्रमका बारेमा उठेका प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले भारतीय पक्षले लामो समयदेखि कब्जा गरेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा जारी गरेकाले भारतीय पक्षको दबाब आउनसक्ने बारे लक्षित गर्दै कसैको दबाबमा नपर्ने बताएका हुन् ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ६५ वर्षदेखि भारतीय पक्षले कब्जा गर्दै आएको नेपाली भूमि समेटेर नेपालको नयाँ राजनीतिक नक्सा जारी गरेको थियो ।

Skip This
Skip This
Logo