‘प्रधानमन्त्री ओलीले वैशाखमा निर्वाचन गर्न सक्दैनन्’ : देउवा

‘प्रधानमन्त्री ओलीले वैशाखमा निर्वाचन गर्न सक्दैनन्’ : देउवा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सर्वोच्चमा विचाराधीन रहेकाले कांग्रेसले कुनै किसिमको पनि दबाब नदिने बताएका छन् । पर्वतमा आज आयोजित सहिद हरिदत्त तिवारीको १८ औं स्मृति सभामा बोल्दै देउवाले यस्तो बताएका हुन् ।

कांग्रेसले स्वतन्त्र न्यायपालिकाको मान्यता बोकेको र सर्वोच्चमा विचाराधीन प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा कुनै दबाब नदिने उनले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाखमा निर्वाचन गर्न सक्ने सम्भावना आफूले नदेखेको पनि देउवाले बताए ।

देउवा चढेको हेलिकप्टर आकस्मिक अवतरण

यसैबीच कांग्रेसका सभापति देउवा चढेको हेलिकप्टर आज गोरखामा आकस्मिक अवतरण गरिएको थियो । काठमाडौंबाट पर्वतका लागि उडेको हेलिकप्टर मौसम खराबीका कारण पालुङटार नगरपालिका–२ आँपपीपलमा आकस्मिक अवतरण भएको हो । कैलाश एयरको हेलिकप्टर मध्याह्न करीब १२ः४५ बजे आँपपीपलमा फोर्स ल्याण्डिङ गरिएको हो ।

आकस्मिक अवतरण गरिएको हेलिकप्टर करीब ३५ मिनेट आँपपीपलमै रोकिएको थियो । मौसममा सुधार आए लगत्तै हेलिकप्टर १ः२० बजे गोरखाबाट फेरि पर्वततर्फ उडेको हो । स्थानीयवासी सञ्जीव रानाका अनुसार बाक्लो कुहिरो लागेका कारण रिपगाउँको कोदोबारीमा हेलिकप्टर अवतरण गरिएको थियो । सभापति देउवा पर्वतमा काँग्रेसले आयोजना गरेको कार्यक्रममा सहभागी हुन त्यसतर्फ गएका हुन् ।

Logo