मौसम खराबीका कारण देउवा चढेको हेलिकोप्टर आकस्मिक अवतरण

मौसम खराबीका कारण देउवा चढेको हेलिकोप्टर आकस्मिक अवतरण

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चढेको हेलिकोप्टर गोरखामा आकस्मिक अवतरण गरिएको छ ।

मौसममा आएको खराबीका कारण हेलिकोप्टर गोरखामा आकस्मिक अवतरण गरिएको हो ।

गोरखाको पालुङटारस्थित आँपपिपल भन्ने स्थानमा हेलिकोप्टर आकस्मिक अवतरण गरिएको हो । नेपाली कांग्रेस स्थानीय तह समन्वय विभाग प्रमुख अर्जुन जोशीले जनाए अनुसार देउवा काठमाडौंबाट पर्वतको कार्यक्रममा जाँदै थिए ।

पर्वतका सहिद हरिदत्त तिवारीको स्मृतिसभामा जान त्यसतर्फ प्रस्थान गरेका हुन् ।

Logo