सरकार अपराधमा केन्द्रीत भएको राजेन्द्र महतोको आरोप

सरकार अपराधमा केन्द्रीत भएको राजेन्द्र महतोको आरोप

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र महतोले सरकार मानवता विरुद्धको अपराधमा केन्द्रीत भएको आरोप लगाएका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेता महतोले त्यस्तो आरोप लगाएका हुन् ।

कोरोना संक्रमणबाट नेपालीको रक्षा गर्नुको सट्टा सरकार मानवता विरुद्धको अपराधमा लागेको उनको भनाइ छ । महामारीका समयमा जनताको जीवन रक्षाका लागि सारा उर्जा लगाउनु पर्नेमा सरकार पद बचाउनका लागि रातारात अध्यादेश ल्याउन र दल विभाजनतर्फ लागेको उनले बताए ।

‘जनताको जीवन रक्षा गर्नु र राहत, उपचार पाउनु त कता हो कता यहाँ त मावता विरुद्धको अपराध गर्न सरकार लागेको छ –उनले भने– पद पाउन र बचाउनका लागि अध्यादेश रातारात ल्याइरहेको छ । पार्टी विभाजनका लागि सरकार लागेको छ । यो महामारीको बेलामा जनता जोगाउन सबै उर्जा त्यसमा लगाउनु पर्नेमा सरकार के गरिरहेको छ ।’

त्यस्तै नेता महतोले महामारीबाट पीडित जनताले उपचार र खाना नपाएकाे उल्लेख गर्दै सरकार लोकतन्त्रलाई कमजोर पार्न लागेको बताए ।

Logo