काँग्रेसद्वारा विज्ञहरुसँग छलफल

काँग्रेसद्वारा विज्ञहरुसँग छलफल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोभिड–१९ का कारण नेपालले सामना गर्नुपरेका समस्या र आर्थिक क्षेत्रमा सहकारीले निर्वाह गर्न सक्ने भूमिकाबारे विज्ञहरुसँग छलफल गरेको छ ।

पार्टीको केन्द्रीय कार्यालयमा आज काँग्रेस उपसभापति विमलेन्द्र निधिको उपस्थिति र पार्टीका केन्द्रीय सदस्य एवं वित्तीय तथा सहकारी संस्था समन्वय केन्द्रीय विभाग प्रमुख आनन्दप्रसाद ढुङ्गानाको अध्यक्षतामा सहकारी क्षेत्रका विज्ञहरुसँग सो विषयमा छलफल भएको पार्टी कार्यालयले जनाएको छ ।

बैठकमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा जगदीशचन्द्र पोखरेल, डा गोविन्द पोखरेल लगायत सहकारी क्षेत्रका विज्ञले कोरोनाका कारण अर्थतन्त्रमा परेको समस्या र आर्थिक क्षेत्रमा सहकारीले निर्वाह गर्न सक्ने योगदानका बारेमा आफ्ना धारणा व्यक्त गरेका थिए ।

काँग्रेसले पछिल्लो समयमा कोरोनाका कारण अर्थतन्त्रमा परेको प्रभाव र समाधानका अल्पकालीन एवं दीर्घकालीन उपायका बारेमा विभिन्न क्षेत्रका विज्ञहरुसँग नियमित छलफल गर्दै आएको छ । काँग्रेसले बुधबार कोरोनाका कारण विविध क्षेत्रमा परेको असरबारे अध्ययन, विश्लेषण एवं दृष्टिकोण निर्माण गर्न पार्टीका नेता डा रामशरण महतको संयोजकत्वमा पूर्वअर्थमन्त्री, राष्ट्रिय योजना आयोगमा पूर्वउपाध्यक्ष लगायत विज्ञ सदस्य रहेको ‘अर्थतन्त्र केन्द्रित बिशेष समिति’ गठन गरेको थियो ।रासस

Skip This
Skip This
Logo