काठमाडौं ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विहिबारका लागि बोलाइएको स्थायी समिति बैठक स्थगित भएको छ। बैठक अनिश्चितकालका लागि स्थगित गरिएको बताइएको छ ।
नेकपाको आन्तरिक विवाद बढ्दै गएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा चर्काचर्की भएपछि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली बाहिरिएका थिए ।
पछिल्लो समय नेकपामा आन्तरिक विवाद बढ्दै गएको छ । मुख्य विवादका रुपमा एक पद एक जिम्मेवारीको विषयले विवाद चुलिएको हो । प्रधानमन्त्री केपी शर्मा ओली यसको विपक्षमा छन् ।































प्रतिक्रिया