काठमाडौं ।
नेपाल कम्युनिष्ठ पार्टी (नेकपा) को आन्तरिक विवाद बढ्दै गएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा चर्काचर्की भएपछि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली बाहिरिएका छन् ।
बैठकमा नेताहरुबीच चर्काचर्की हुन थालेपछि प्रधानमन्त्री ओली बाहिरिएको बालुवाटार स्रोतले बताएको छ ।
स्रोतका अनुसार प्रधानमन्त्री ओली एक पद एक जिम्मेवारीको विपक्षमा थिए भने सचिवालयमा उपस्थित अधिकांश सदस्य सोही प्रस्तावलाई कार्यान्वयन गर्ने पक्षमा थिए । सोही विषयमा विवाद हुँदा ओली बाहिरिएका हुन् । शनिबारको बैठकपछि आन्तरिक विवाद साम्य भएको आँकलन गरिरहेका बेला विवादले नयाँ मोड लिएको छ। शनिबारको निर्णय अनुसार बिहिबार स्थायी समिति बैठक बस्ने भनिएको थियो । सचिवालय बैठकमा देखिएको दुई पक्षको टकराबका कारण स्थायी कमिटीको बैठक बस्छ या बस्दैन भन्नेमा अन्योलता बढेको छ ।































प्रतिक्रिया