परराष्ट्रमन्त्री ज्ञवाली आज भारत जाँदै

परराष्ट्रमन्त्री ज्ञवाली आज भारत जाँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आज भारत भ्रमणमा जाँदैछन् । आज र भोली भारतको राजधानी नयाँदिल्लीमा हुने नेपाल-भारत संयुक्त आयोगको बैठकमा भाग लिन मन्त्री ज्ञवाली भारत जान लागेका हुन् ।

बैठकमा नेपाली पक्षले दुई देशबीचको सीमा विवाद र कोरोनाविरुद्धको खोपलाई प्राथमिकतासाथ उठाउने तयारी गरेको परराष्ट्र मन्त्रालयn] जनाएको छ ।

बैठकमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री ज्ञवालीसहित परराष्ट्र र स्वास्थ्य मन्त्रालयका सचिवसहित अन्य मन्त्रालयका उच्च अधिकारी सहभागी हुने छन् ।

Logo