काठमाडौं ।
केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।
कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । हामीले चैत ११ गतेदेखि होम क्वारेन्टाइनमा बसेर बुलेटिन प्रस्तुत गर्दै आएका छौँ । आज पनि हामीले महत्वपूर्ण समाचारहरू प्रस्तुत गरेका छौँ ।
आजका प्रमुख समाचारहरुमध्ये राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले कोरोना भाइरसको परीक्षणको दायरा बढाउन सरकारलाई निर्देशन दिएको छ । समितिको सिंहदरबारमा बसेको बैठकले हरेक परिवारबाट कम्तिमा एक जनाको नमुना छनोट गरी परीक्षण गर्ने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको हो ।
त्यस्तै लकडाउनलाई सीमा नाकाहरुमा कडाइ गरी आन्तरिक रुपमा खुकुलो बनाउन उपत्यका फोरमले सरकारलाई सुझाव दिएको छ । उपत्यका महानगर फोरमको शनिबार बसेको बैठकले सीमा नाकामा थप कडाइ गर्दै कोरोना संक्रमण नदेखिएको काठमाडौंमा केही खुकुलो बनाउन सुझाव दिएको हो ।
जाजरकोटको उत्तरपूर्वमा रहेको बारेकोट गाउँपालिकामा सरकारी अनुदानमा पाइने नुन अत्याधिक महङ्गोमा विक्री भइरहेको छ । सदरमुकाममा प्रतिकेजी ९ रुपैयाँमा पाइने आयोडिनयुक्त नुन बारेकोटमा ६० रुपैयाँमा किनबेच भएकोे हो । जुन सदरमुकामको मूल्य भन्दा सात गुणा बढी मूल्य रहेको छ ।
त्यस्तैगरी कोरोना भाइरसको महामारी अझै दुई वर्ष कायम रहने अनुसन्धानकर्ताहरुले दावी गरेका छन् । अमेरिकाको मिन्नेसाता विश्वविद्यालयस्थित संक्रामक रोग अध्ययन तथा नीति केन्द्र (सिआईडीआरएपी) का अनुसन्धानकर्ताले कोरोना नियन्त्रणमा आउन अझै दुई वर्ष लाग्ने दावी गरेका हुन् ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम प्रधानमन्त्री बन्ने दौडधुपमा लागेका छन् । गत बुधबार बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेसँगै उनले प्रधानमन्त्री बन्ने दौडधुप बढाएका हुन् । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला





























प्रतिक्रिया