सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएसँगै सार्वजनिक भएका तस्बिरहरुले पार्टी कार्यकर्ताहरुलाई सितल बनाएको छ । २० बैशाखको अपरान्ह बस्ने भनिएको बैठक साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको थियो । बैठकका फेरिएका दृश्यले नेकपा कार्यकर्तामाझ सकारात्मक सन्देश प्रवाह गरेको छ ।
तस्बिर सार्वजनिक गरेका हुन् प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले । तस्बिरमा देखिए अनुसार प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओली र प्रचण्डकाे टेवल उस्तै रातो रङ र एउटै ‘स्ट्याण्डर’का रहेका छन् । तीन दिनअघि सोही ठाऊँ बसेको सचिवालय बैठकमा भने प्रचण्डलाई अरु सदस्यकै लहरमा सामान्य ढंगले राखिएको थियो भने ओली एक्लै रातो टेबलमा ठाँटले बसेका थिए । आजको बैठकमा भने ओली र प्रचण्डको कुर्सी समान ढंगले राखिएको छ । बालुवाटार पुगेका एक नेकपा नेताका अनुसार यो ‘ल्याङवेज’ हो । यसको अर्थ परिणाम सकारात्मक आउँदैछ ।

अघिल्लो सचिवालय बैठकमा प्रधानमन्त्री र अध्यक्षवाट केपी ओलीको राजीनामा मागिएको थियो । सोही बमोजिम ओलीले कोरोना महामारीपछी प्रधानमन्त्री बामदेव गौतमकालागि छोड्ने र माधव कुमार नेपाललाई तेस्रो अध्यक्ष बनाउने प्रस्ताव राखेका थिए । ओलीको प्रस्तावमा ‘होमवर्क’ गर्ने भन्दै बैठक आजलाई सारिएको थियो ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको आजको सक्रियता ह्वात्तै बढेको पाईयो । उनले राष्ट्रपति विद्यादेवी भण्डारी, अर्का अध्यक्ष प्रचण्ड, सचिवालय सदस्यहरु बामदेव गौतम, ईश्वर पोखरेल, विष्णु पौडेल लगायतसँग छुट्टा छुट्टै भेट गरेका थिए । खासगरी बामदेव र प्रचण्डसँगको भेटलाई अर्थपूर्ण रुपमा बुझिएको छ ।

तीन दिन अघि बसेको नेकपा सचिवालयको दृश्य ।
तस्बिर सवै – सूर्य थापाको फेसबुकवाट





























प्रतिक्रिया