नुवाकोट कांग्रेसद्वारा सबै स्थानीय तहलाई स्वास्थ्य सामग्री प्रदान

नुवाकोट कांग्रेसद्वारा सबै स्थानीय तहलाई स्वास्थ्य सामग्री प्रदान

केन्द्रबिन्दु
0
Shares

नुवाकोट ।
नेपाली कांग्रेस नुवाकोट र सामाजिक क्षेत्रमा निरन्तर क्रियाशील संस्था यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रस्टले जिल्लाका सबै गाउँपालिकामा कोरोना सम्बन्धी स्वास्थ्य सामग्री वितरण गरेका छन् ।

नेपाली कांग्रेसका नेता एवं ट्रस्टका प्रमुख संरक्षक अर्जुननरसिंह केसीले जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङको रोहबरमा शनिबार सबै गाउँपालिकाका अध्यक्ष वा प्रतिनिधिलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।

जिल्लाका १० गाउँपालिकामा नेपाली कांग्रेसले ज्वरो नाप्ने एक, एकवटा डिजिटल थर्मागन हस्तान्तरण गरेको हो । अमेरिकामा रहेका धनञ्जय नरसिंह केसी, अमृत सापकोटा, रामबाबु पाण्डे, दिनेश पाण्डे, कैलाश थापा, राजेन्द्र अधिकारी, राजेन्द्र श्रेष्ठ, सुवास गुणी, रामकृष्ण भट्ट, रबिस वाइबा, इन्द्र सिटौला ,नवराज नेउपाने लगायतका नेपालीहरूबाट आर्थिक सहयोग प्राप्त गरी पार्टीले यो सहयोग गरेको हो ।

 

यसैगरी यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रस्टले सबै गाउँपालिकामा कम्तीमा १ हजार थान मास्क र स्यानिटाइजर उपलब्ध गराएको छ । कार्यक्रममा ट्रस्टका अध्यक्ष डा केदारनरसिंह केसी, (महासचिव) तथा नेका नुवाकोट सभापति जगदीश्वर नरसिंह केसी, कोषाध्यक्ष महेश्वर नरसिंह केसी एवं जिल्लाका विभिन्न गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षहरूको सहभागिता रहेको थियो ।

Logo