नेकपा सचिवालय बैठक बिना निष्कर्ष सकियो

नेकपा सचिवालय बैठक बिना निष्कर्ष सकियो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक केहि बेर अघि सकिएको छ । बैठकमा पार्टीको पछिल्लो अवस्थाका बारे छलफल भएपनि कुनै पनि ठोस निर्णय हुन सकेन ।

बैशाख २० गते अर्को बैठक बोलाइएको छ । २० गते बस्ने बैठकले स्थायी कमिटी बैठक मागबारे निर्णय गर्ने सम्भावना रहेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

आजको बैठक प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा भएको थियो ।

पार्टीभित्र विकसित पछिल्लो स्थितिको समीक्षा गर्दै पार्टीको आगामी कार्यदिशा तय गर्न बैठक बसेको हो । सरकारले पछिल्लो समयमा राजनीतिक दल सम्बन्धी र संवैधानिक परिषद्को कार्यक्षेत्र संशोधन सम्बन्धी अध्यादेश जारी र खारेज गराएको, पार्टी एकताका बाँकी कामले पूर्णता नपाएको, उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन नगरिएको लगायत सन्दर्भमा नेकपाभित्र विवाद देखिएको छ ।

प्रेस विज्ञप्ति

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सचिवालयको बैठक पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संयुक्त अध्यक्षतामा बालुवाटारमा बस्यो ।

बैठकमा पार्टीको आन्तरिक एकताको सुदृढीकरण, सरकारका काम कारबाही, स्थायी समितिको बैठक लगायत विभिन्न विषयहरूमा गहन छलफल भयो । सबै सदस्यहरूले आआफ्ना धारणाहरू राख्नुभयो ।

बैठकले आन्तरिक छलफल र सरसल्लाह जारी राख्दै आगामी बैशाख २० गते पार्टी सचिवालयको बैठक बस्ने निर्णय गरेको छ ।

नारायणकाजी श्रेष्ठ
प्रवक्ता
१७ बैशाख २०७७

 

 

 

Logo