‘कुकुरको पुच्छर सिधा हुन्छ, तर ओली सिधा हुँदैनन्’ : प्रचण्ड (भिडियोसहित)

‘कुकुरको पुच्छर सिधा हुन्छ, तर ओली सिधा हुँदैनन्’ : प्रचण्ड (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहालले संसद विघटन गरेर प्रधानमन्त्री केपी ओलीले कलंकको टिका लगाएको टिप्पणी गरेका छन् ।

बुधबार नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहको काठमाडौं भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले संविधान विपरित जनताको सर्वोच्च निकाय प्रतिनिधिसभा विघटन गरेर ओली इतिहासमा नै कलंकित हुन पुगेको बताएका हुन् । पटक पटक पार्टी फुटाउने प्रयास असफल भएपछि ओलीले संसद विघटन गरेको आरोप दाहालले लगाए । उनले प्रधानमन्त्री ओलीले आफ्नो निर्णयलाई राजनीतिक निर्णय भन्दै सर्वोच्च अदालत र निर्वाचन आयोगलाई दबाब दिंदै आएको उल्लेख गर्दै ओलीकै ‘जोकर पन’को पछाडि लागेर निर्णय भए मुलुकमा ‘आँधीहुरी बतास’ आउने चेतावनी दिए । ओलीले पार्टीले काम गर्न नदिएर संसद विघटन गरेको भन्दै झुट बोलेर जनतामा भ्रम छर्ने र दिउँसै रात पार्ने काम गरेको आरोप दाहालले लगाए ।

कलंकको टिका
अध्यक्ष दाहालले अध्यादेश ल्याएर र नेकपा एमालेको पार्टी दर्ता गराउन लगाएर पार्टी फुटाउने प्रयास गरेका ओलीले संसद विघटन गरेर “घर मै आगो” लगाईदिएको दाबी गरे । संसद विघटन गरेर ओलीले इतिहासमा नै कलंकको टिका लगाएको दाबी उनले गरे ।

पोलिटिकल जोकर/आँधीहुरी आउँछ

दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई “पोलिटिकल जोकर”को संज्ञा दिएका छन् । केन्द्रीय समितिको दुई तिहाई वहुमतले मात्रै पार्टीको विधान संशोधन गर्न सक्ने विधानमा नै लेखिएको भन्दै उनले सय जनाले विधान संशोधन गरेर ओलीले नाटक गरेको आरोप लगाए । पार्टीको विधान निर्वाचन आयोगमा नै दर्ता भएको र दुई तिहाई बहुमत विना विधान संशोधन कसैले गर्न नसक्ने र दल सम्बन्धी ऐनमा ५० प्लस केन्द्रीय समिति संख्या भएको नै आधिककारीक पार्टी हुने भएकाले आफूहरु नै आधिकारीक भएको दोहोर्याए । सर्वोच्च अदालत र निर्वाचन आयोगप्रति आफूहरुलाई भरोसा रहेको तर उनीहरु पनि ओलीको राजनीतिक जोकरपनको पछाडि लागे भने मुलुकमा ठूलो आँधी हुरी आउने चेतावनी दिए ।

झुटो र निर्घृणी ओली
अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीलाई ढाँडछलका कुरा गर्न “दुध भात खाए” जस्तो भएको टिप्पणी गरे। विगतमा पनि आफूहरुलाई ढाँट्दै आएका ओलीले आफू भागेर अरुलाई भगौडा भन्ने गरको दाबी उनले गरे। उनले ओलीमा लाज घिन हराएको टिप्पणी गरे ।

घेराबन्दी कसले गर्यो ?

दाहालले पार्टीले काम गर्न दिएन भनेर झुटो बोलेको भन्दै प्रधानमन्त्रीलाई त्यसको प्रमाण पेश गर्न चुनौती दिए। पार्टीले काम गर्न दिएन भनेर ओलीले दिउँसै रात पारेको टिप्पणी उनले गरे।

 

Logo