किन सर्‍यो प्रचण्डविरुद्ध सर्वोच्चमा परेको अवहेलना मुद्दाको पेसी ?

किन सर्‍यो प्रचण्डविरुद्ध सर्वोच्चमा परेको अवहेलना मुद्दाको पेसी ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्चमा परेको अदालतको अवहेलना मुद्दाको पेसी सरेको छ ।

आज न्यायाधीश मनोज शर्माको इजलासमा पेसी तोकिए पनि हेर्न नभ्याइएपछि सरेको सर्वोच्चले जनाएको छ । दाहालविरुद्ध सोमबार अधिवक्ता समीर हायूले अदालतको अवहेलनाको निवेदन दर्ता गरेका थिए । प्रचण्डविरुद्ध सोमबार सर्वोच्चमा अवहेलना मुद्दा दर्ता भएको थियो ।

नेकपाले आयोजना गरेका विभिन्न सभामा प्रचण्डले अदालतका न्यायाधीशमाथि धम्कीपूर्ण भाषा प्रयोग गरेको आरोपमा अधिवक्ता समीर हायुले उनीविरुद्ध मुद्दा दायर गरेका थिए ।

प्रतिनिधिसभा विघटनको विरोधमा रहेको नेकपाको प्रचण्ड–नेपाल पक्षका अध्यक्ष प्रचण्डले न्यायाधीशहरुले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा विवेक नपुर्‍याए जनविद्रोह हुने चेतावनी दिएको र उनको यही भनाइले अदालतमाथि अवहेलना पुगेको रिट निवेदकले उल्लेख गरेका छन् ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीसहित चार पूर्व प्रधानन्यायाधीश र पूर्व सभामुख दमननाथ ढुंगानाविरुद्ध पनि सर्वोच्चमा अवहेलना मुद्दा परिसकेको छ।

प्रतिनिधिसभा विघटनको कदमलाई असंवैधानिक भन्दै वक्तव्य जारी गर्ने पूर्वप्रधानन्यायाधीशहरू कल्याण श्रेष्ठ, सुशीला कार्की, मीनबहादुर रायमाझी र अनुपराज शर्माविरूद्ध मुद्दा दर्ता भएको थियो ।

Logo