काठमाडौं ।
केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।
कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । हामीले चैत ११ गतेदेखि होम क्वारेन्टाइनमा बसेर बुलेटिन प्रस्तुत गर्दै आएका छौँ । आज पनि हामीले महत्वपूर्ण समाचारहरू प्रस्तुत गरेका छौँ ।
आजका प्रमुख समाचारहरुमध्ये कोरोनाको संक्रमण रोक्न स्वास्थ्यकर्मीलाई विशेष तालिम दिइएको छ । भाइरसबाट संक्रमितलाई एक स्थानदेखि अर्को स्थानसम्म लैजानका लागि एम्बुलेन्स चालक, सहयोगी र स्वास्थ्यकर्मीलाई विशेष तालिम दिइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । हालसम्म नेपाली सेनाका ६ सय ५० र सशस्त्र प्रहरी बलका १ सय २० जनालाई नेपाली सेनाको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा तालिम दिइएको छ ।
त्यस्तै घरभाडा छुट दिने सरकारको आव्हान कार्यान्वयन हुन सकेको छैन । सरकाले लकडानका कारण समस्यामा परेका नागरिकलाई भाडा छुट दिन घरभेटीहरुसँग आव्हान गरेपनि अनिवार्य नगरेकाले कार्यान्वयन हुन नसकेको हो ।
लकडाउन उल्लंघन बढेपछि थप कडा पार्न गृह मन्त्रालयले मातहतका निकायलाई निर्देशन दिएको छ । मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई सोमबार परिपत्र गर्दै पास विनाका कुनै पनि सवारी साधन आवतजावतमा रोक लगाउन निर्देशन दिएको हो ।
त्यस्तैगरी भारतमा पछिल्लो २४ घण्टामा एक हजार ९ सय ७५ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । अहिलेसम्म भारतमा संक्रमितहरूको संख्या २७ हजार ९ सय ७७ पुगेको छ भने ८ सय ८४ जनाको ज्यान गइसकेको छ ।
नेपालमा रहेका एक हजार विदेशी नागरिक घर फर्किने प्रतिक्षामा रहेका छन् । लकडाउनका कारण रोकिएका उनीहरु घर फर्किने चाँजोपाँजो मिलाउन यहाँस्थित दूतावास, पर्यटनसँग सम्बन्धित निकाय धाइरहेका छन् । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीका अनुसार छिमेकी मुलुक चीनसहित युरोपलगायत करिब ६० देशका एक हजार नागरिक घर फर्किने पहलमा लागेका हुन् । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला































प्रतिक्रिया