काठमाडौं ।
आइतबार दिउसो २ बजे बस्ने भनेको मन्त्रिपरिषद्को बैठक बेलुका ५ बजेसम्मका लागि सरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको व्यस्तताका कारण बैठक केही समय पछि सरेको हो ।
प्रधानमन्त्री ओलीको व्यस्तताका कारण केही समय पर सारिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । उनले भने–‘दुई बजे बस्ने मन्त्रिपरिषद्को बैठक ५ बजेसम्मका लागि सरेको छ । प्रधानमन्त्री ज्यूले उच्चस्तरिय समिति र सीसीएमसीको सल्लाह सुझाव लिने कार्यक्रम भएकाले केही समय सरेको हो ।’
प्रेस सल्लाहकार थापाका अनुसार प्रधानमन्त्री ओलीले अहिले कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) र कोरोना रोकथाम तथा उपचार उच्चस्तरिय समन्वयन समितिको सल्लाह सुझाव लिइ रहेका छन् ।





























प्रतिक्रिया