संघीय समाजवादी पार्टीका सांसद प्रदिप यादवसँगको अन्तर्वार्ता (भिडियोसहित)

संघीय समाजवादी पार्टीका सांसद प्रदिप यादवसँगको अन्तर्वार्ता (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
देश कोरोना भाइरस संक्रमणको महामारीसँग लडिरहेको बेला पछिल्लो केही दिन यता नेपाली राजनतीति वृतमा केही कुराहरु चर्चामा आयो । प्रधानमन्त्री ओलीले ल्याएको संवैधानिक परिषद् र राजनीतिक दल सम्बन्धी अध्यादेश, अध्यादेश जारी भइसकेपछिका घटनाक्रम चर्चामा रहे । बुधबार मात्रै राजपा र समाजवादी पार्टी बीच पार्टी एकताको घोषणा भयो । तर समाजवादी पार्टीका केही सांसदहरु पार्टी विभाजन गर्न लागेको समाचार पनि चर्चामा आयो । सांसद प्रदिप यादवको नाम पनि समाजवादी पार्टीबाट अलग भएर जाने भन्नेमा आयो । यसै विषयमा केन्द्रीत रहेर सांसद यादवसँग कुराकानी गरेका छन् । सांसद यादवसँग गरिएको कुराकानीमा आधारित अन्तर्वार्ता :

पछिल्लो समयको राजनीतिक घटनाक्रममा तपाईको नाम जोडिएर आयो आयो । यसको कारण के हो ?
नाम आउनुको कारण हाम्रो पार्टी भित्र असन्तुष्टि थियो । हामी १०/११ जना माननीय सांसदज्यूहरु एउटा समूह बनाएका थियौँ । असन्तुष्टहरु भेला भएर एउटा समूह बनाएका थियौँ । हाम्रो जुन पीडा छ पार्टी भित्र । हाम्रो विभिन्न ठाउँमा आलोचना भएको छ खासगरी पार्टी नेतृत्वबाट । त्यसलाई कसरी पार्टीलाई नेतृत्वप्रति दबाब दिने पार्टीलाई कसरी सही ट्रयाकमा ल्याउने, पाटीको नेतृत्वले जिल्लामा गएर अपमानित गर्ने गरेकोमा त्यसलाई नियन्त्रण गर्न समूह बनाएका थियौँ र यसैबीच खास गरेर सरकारबाट अध्यादेश आयो त्यसबाट हामी चर्चामा आयौँ ।

उहाँहरुले पार्टी फुटाउन लाग्दै हुनुहुन्छ भन्ने मिडियामा आयो एकातिर अध्यादेश आयो । सरकारबाट समाजवादी पार्टीलाई फुटाउनका लागि अध्यादेश आयो भन्ने हल्ला चल्यो यसबाट हामी चर्चामा आएका हौँ । तर हामीले पार्टी फुटाउनका निमित्त समूह बनाएका होइनौँ । यो किन बनायौँ भने पार्टीमा सामूहिक नेतृत्व गराउनको निमित्त र कसैलाई काखापाखा पार्टीले नदेखोस, सबैको समान इज्जत गरोस त्यसको लागि हामीले समूह बनाएको सही हो, असन्तुष्टि रहेको पनि सहि हो ।

तर पार्टी फुटाउनको निमित्त हामी अगाडि बढेको होइनौँ । तर केही साथीको राय सल्लाह थियो । त्यो पनि होइनकी राय सल्लाह थिएन् । किन की मौका आएको छ अध्यादेश पनि आइसक्यो यस्तो मौका कहिले आउँदैन हामी अगाडि बढौँ भन्ने पनि थियो त्यस कारण हामी चर्चामा आएको सहि कुरा हो ।

तपाईहरुको पार्टी भित्र असन्तुष्टि थियो भन्नुभयो । यसमा अलि स्पस्ट पारिदिनुहोस न् । पार्टी भित्र कस्तो असन्तुष्टि थियो ?
अप्ठेरो के थियो भने नेतृत्वले कुनैपनि जिल्लाको निर्णय गर्दा जिल्लामा कुनै कार्यक्रम गर्दा, त्यस क्षेत्रमा कार्यक्रम गर्दा सांसदलाई थाहै नहुने, कार्यक्रम भइहाल्ने । मेरो जिल्लामा बाबुराम भट्टराई र तत्कालीन संघीय समाजवादी पार्टीको एकता घोषणा गर्ने कार्यक्रम थियो जिल्लाको त्यहाँ कार्यक्रम भयो, मेरो क्षेत्रमा भएको कार्यक्रम हो ।

मलाई मेरो नेतृत्वकर्ताले बोल्न पनि मौका दिएन् । म निर्वाचित सांसद, पार्टीको जिल्ला अध्यक्ष बोल्न पनि दिइएन् । धेरै सांसदहरुको त्यस्तै पीडा थियो । त्यो मात्रै होइन तपाईँलाई याद होला कि म एक कार्यक्रमका लागि युरोप गएको थिए, म लगायत हामी दुई जना माननीयहरु गएका थियौंँ । त्यो कार्यक्रममा सरिक भएको सही हो हलमा छिरेको सही हो तर हलमा छिरेपछि हामी १० मिनेटमै निस्केका छौँ । त्यसपछि हामी घुमफिर गरेर नेपाल आयौँ । पार्टी अध्यक्षलाई जानकारी गरायौँ । विदेश विभाग प्रमुखलाई जानकारी गरायौँ । हामी गएका थियौँ झुकिएर गयौँ, सभामुख जीले बोलाउनुभयो मलाई विज्ञप्ति निकालि दिनुहोस एउटा केही फरक पर्दैन मान्छे झुक्किएर जान्छ । त्यसपछि एउटा सांसदलाई कारवाही भएन । तर पार्टीमा मलाई छ महिनाका लागि निलम्वित गरियो । निलम्वित गरिए पनि पार्टीको म सिपाही दिए ।

पार्टीबाट निर्वाचित सांसद हुँ । पार्टी निर्माण गर्ने मध्येको म पनि एउटा हुँ । हामी जब भनिरहेका छौँ हाम्रो कुनै गल्ति छैन् । मलाई सफाइको मौका पनि नदिने, एक्कासी निलम्वन गरिदिने र मिडियामा सार्वजनिक गरिदिने अनि इज्जतको धज्जि उडाइदिने, पार्टीको एउटा सिपाहीलाई । त्यो लगायत अरुपनि धेरै घटनाक्रम छ । पार्टीका व्यक्तिहरु सांसदहरु असन्तुष्ट हुन पुगे । म मात्रै एउटा पात्र होइन त्यसमा अरुपनि असन्तुष्ट हुनुहुन्छ ।

असन्तुष्टि भइरहदा अहिले चर्चामा आएजस्तो पार्टी भन्दा बाहिर अवसरहरु खोजिएको थियो ?

जब हामीमाथि प्रहार भयो नेतृत्व पंक्तिबाट । हामीले डा. बाबुराम भट्टराई, अशोक राई, राजेन्द्र श्रेष्ठ लगायतका घरमै गयौँ । हाम्रो पीडा सुनायौँ । हाम्रो यो कुरा उपेन्द्र जि लाई लगेर राखिदिनुहोस भन्यौ तर कसैको आँट भएन त्यस कारणले गर्दा हामी विद्रोहमा पुगेका हौँ । सही कुरा यही हो ।

डा. सुरेन्द्र यादव व्यक्तिगत रुपमा के हुनुहुन्छ ? अहिले उहाँ कहाँ के गर्दै हुनुहुन्छ ? हिजोसम्म सरकारले उहाँलाई लगेको भन्ने समाचारमा आएको छ । आज दुईदिन भयो अहिले उहाँ कहाँ हुनुहुन्छ यसबारे केही जानकारी छ ?

डा. सुरेन्द्र यादव स्वास्थ्य राज्यमन्त्री हुनुहुन्थ्यो । त्यो बेला ओली जि को सरकारले उहाँलाई पदमुक्त ग¥यो । त्यो बेला उहाँ अस्पतालमा भर्ना हुनुहुन्थ्यो । त्यसपछि उहाँलाई धेरै चोट पुग्यो । त्यसपछि हाम्रा अध्यक्ष जि दिल्ली हुनुहुन्थ्यो । दिल्लीबाट नेपाल आउनुभयो उहाँले फोनसम्म पनि गर्नुभएन् । यो कुरा सुरेन्द्र जिले हामीलाई बताउनुभएको थियो कि मलाई पदमुक्त गर्दा केही भन्नुभएन आफू गएर सपथ लिनुभयो ।

त्यहाँदेखि नै उहाँ असन्तुष्ट हुनुभयो र सबैभन्दा पहिला आफ्नो असन्तुष्टि हामीसँग राख्ने उहाँ नै हो । मेरो अपमान भयो पार्टीले केही बोलेन उल्टै अध्यक्षले सपथ लिनुभयो कानुन मन्त्रीको । उहाँले यी असन्तुष्टि जाहेर गर्दै आउनुभयो । हाम्रो जुन असन्तुष्ट समूूह बन्यो त्यसको मुख्य पात्र उहाँ नै हुनुहुन्छ । लकडाउनको बीचमै अध्यादेश जारी भयो र हामी सबै सांसद एकठाउँ जम्म भयौँ र सल्लाह ग¥यौँ कसरी गर्ने, एक दुईजना साथीको कुरा थियो पार्टी फुटाउँ, हामी दुई चार जनाको कुरा थियो पार्टी नफुटाउँ । यसको निकास खोजौँ । यो कुरा पनि थियो । डा. साब जिल्ला हुनुहुन्थ्यो । र जिल्ला हुँदा पूर्व आइजीपिले अपहरण गरेको कुरा आइरहेको छ यो कुरा सरासर हावादारी कुरा हो ।

साचो कुरा के हो भने उहाँको घरमा उहाँहरु जानुभएको थियो उहाँले बोलाएपछि, मासु भात खुवाउनुभयो । अनि मसँग साधन छैन तपाईँको साधनमा काठमाडौं जान्छु भनेर सँगै आउनुभएको हो । आफ्नो स्वार्थको मन्त्री पनि खोजेको हो । लिस्ट पनि मागेकै हो टिममा । हामीले त मन्त्री पनि मानेनौँ । खुशी मनले आएको हो । एकजना मात्रै पनि आउनुभएको छैन उहाँसँग तीन जना आउनुभएको थियो । उहाँको आफ्नो बडिगार्डसँगै, उहाँको एकजना नातेदार, र उहाँको प्रमुख सचेतक समेत आउनुभको छ । चारजना उहाँहरु र पूर्व आइजीपिसँगै तीन जना उहाँहरु आउनुभएको थियो । अब तीन जनाले चार जनालाई अपहरण गरेर ल्यायो । यो हावादारी कुरा हो की होइन् ? यो मिडियामा आउनलाई देखाउनलाई अपहरण भयो भन्ने यो ठिक होइन सांसदको लागि । सांसद भनेको त गरिमाको पद हो ।

जनताको प्रतिनिधि हौँ हामी । हावादारी कुरा गर्ने होइन् । हामी सत्य कुरा बोल्ने हो । त्यस कारण यो अपहरणको चर्चा छ । यो कुनै कुरा नै भएको छैन् । दोस्रो कुरा डा. साब जिल्ला बाट यहाँ आउनुभयो काठमाडौं उहाँ फाइभस्टारमा सुत्नु भएछ । सबैलाई एक एक वटा रुम लिएर अनि बिहान मर्निङ वाकमा निस्कनुभएछ । राति जब थाहा भयो पार्टीको एकता भयो, जनता समाजवादी पार्टीको उदय भयो र हामीसँग कुरा गर्दा पनि अब पार्टी फुटाउन हामी जाँदैनौं अब मन्त्री पनि बन्दैन पार्टीबाट पनि गयो । पार्टीले के सोच्ने भयो यो त खराब छ । अनी पार्टीमा हिरो बन्नको लागि , नेताको अगाडि देखाउनको लागि मलाई अपहरणमा पारियो । विचरा नेताहरुलाई नै फसाइदिनुभयो । तर साँचो कुरा के हो भने उहाँले नेता जि हरुलाई पनि फसाउनु भएको छ र नेपालको जनतालाई पनि ढाँटनु भएको छ डा. सुरेन्द्र जी ले । किन भने यो अपहरण हुँदै होइन् ।

अहिले कहाँ हुनुहुन्छ कसको घरमा हुनुहुन्छ यो त मिडिया लाइभ गर्ने सबैलाई थाहा होला । म भन्दा बढी तपाईहरुलाई थाहा होला । त्यसैले तपाईँहरुले पनि खोजिदिनु प¥यो ।

अब तपाईहरुको सम्बन्ध पार्टीमा के हुन्छ ? असन्तुष्टिहरु त अझै छन् ? त्यस्तै नयाँ पार्टीले दर्ताका लागि निवेदन पनि दिइसकेको छ । अब कसरी अगाडि बढनुहुन्छ ?

हामी पार्टीको सिपाही हौँ । हामी पार्टीमा नै छौँ । हामी असन्तुष्ट भएपछि पार्टीको नेतृत्वले हामीलाई सम्पर्क गर्नुभएको छ । उहाँहरु डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई, राजेन्द्र यादवले सम्पर्क गर्नुभयो भने अर्कोतर्फ पनि राजेन्द्र महतो र महेन्द्र यादव लगायतका नेताले हामीलाई सम्पर्क गर्नुभयो । उहाँहरुले देशलाई एउटा बलियो पार्टी दिउँ, जनताको सेवा गरौँ, नयाँ पार्टी बनाउँ नयाँ तरिकाबाट जाउँ भन्ने उहाँहरुको कुरा आयो ।

हामी पनि सहकार्य गर्न तयार भयौँ र हिजो एकचरणको छलफल भयो । तत्कालीन समाजवादी पार्टीका सबै नेताहरु र सांसदहरुको छलफल भयो । उहाँहरुले आफ्नो गल्ती स्वीकार गर्नुभयो र हामीले पनि स्वीकार ग¥यौ । हामीले चाहेको पनि सामूहिक नेतृत्व नै हो । त्यसपछि के सल्लाह भयो भने महन्त ठाकुर जी, राजेन्द्र महतो जी, सरतसिंह भण्डारी जी, महेन्द्र यादव जी, उपेन्द्र यादव जी, अशोक जी, बाबुराम जी, राजेन्द्र जी लगायत हामी सांसदहरु सामूहिक बस्छौँ । बसेर यसलाई एउटा निकास दिन्छौँ । हाम्रो आन्तरिक कुरा मिलिसकेको छ । जुन प्रकारको द्वन्द हिजो थियो आज छैन अब हामी मिलेर अगाडी बढ्छौँ ।

दुबै दलहरु मिलेर जनतामा जान जरुरी छ । हामीले असन्तुष्टि पनि राखेकै थियौँ । पार्टी फुटाउन होइन सुधारका लागि संघर्ष गरेका थियौँ । पार्टीमा सुधार होस । सामूहिक नेतृत्व होस कसैलाई काखापाखा नहोस भनेर हामीले संघर्ष गरेका हौँ । सांसदलाई बधुवा मजदूर कसैले नठानोस । हामी पनि जनताको प्रतिनिधि हौँ । हामी पनि पार्टीमा रहेर जनताको सेवा गर्न पाउनुपर्छ भनेर संघर्ष गरेका हौँ । पार्टीको सिद्धान्त र विधान मानेर नै अगाडी बढ्नुछ । त्यही भएर नेतृत्वकर्ताले पनि हामीलाई समान रुपले हेरोस भनेर संघर्ष समिति बनाएका हौँ । पार्टीमा अलिकति मत मतान्तर सच्याउनका लागि समिति बनाएका थियौँ ।

कुनै बेलामा पार्टीमा तपाईको चरम असन्तुष्टि थियो । संसदमा बोल्ने कुरामा होस वा पार्टीबाट निष्कासित हुँदाको अवस्थामा अब यो पार्टीमा बस्नु उचित छैन भन्ने लागेको थियो ? कुनै मखमली सम्झना छ ?
गम्भीर कुरा गर्नुभयो । भावनात्मक प्रश्न छ । म पार्टीको निर्माणकर्ता मध्येको एक हुँ । मधेश आन्दोलनको कमाण्डर थिए । आन्दोलन परिचालन समितिको संयोजक थिए । मेरो संयोजकत्वमा पर्साको आन्दोलन भएको छ । त्यहाँको नाका अवरोध देखि लिएर सबै कुरा मेरो नेतृत्वमा भएको छ । त्यती मात्रै होइन स्थानीय निकायको चुनाव हुँदा मलाई इगो थियो पार्टीलाई राम्रो सफलता दिलाउँ भन्ने । र दिलाएपनि ।

पर्साका अधिकांश गाउँपालिकासँगै महानगर पनि कब्जा गरे । जिल्ला समन्वय समितिको सभपति पनि जितियो मेरो नेतृत्वमा । अहिले जुनसुकै स्थानीय प्रतिनिधिलाई सोध्नुहोस्, सबैले भन्छन् यसको जस प्रदिप यादवलाई जान्छ । उसको मेहनतलाई जान्छ । मैले त्यो मेहनत गरेको छु । त्यसपछि लगत्तै चुनाव भयो प्रतिनिधि सभा र प्रदेश सभाको त्यसमा पनि एक नम्बर पार्टी बनायौँ । कांग्रेस कम्युनिष्ट सबैलाई क्लिन स्वीप गर्ने हामी हो । पर्साका ४ वटै क्षेत्र हामीले कब्जा ग¥यौँ । प्रदेशको ८ मा ६ सिटमा जित भयो । स्थानीय निकाय, प्रदेश र संघको निर्वाचनमा मेरो नेतृत्वमा जित हासिल भएको हो ।

तर केही दिन पनि बित्न नपाउँदै एउटा सानो गल्तीले म जस्तो पार्टीको सिपाहीलाई पानी पनि पिउने मौका नदिइ निलम्वन गरियो । त्यसले मलाई धरै सतायो । मलाई लाग्यो म राजनीतिक कोमामा गइसकेको थिए त्यो समयमा । जुन पार्टी मेरो आमा हो, मैले जसलाई आमा ठानेको छु । त्यो आमालाई किन लात हान्ने त ।

यो पार्टीमा मैले यति मेहनत गरेको छु । मलाई पार्टीलाई किन यस्तो सजाय दियो । मैले कुन पाप गरेको थिए भन्ने लागेको थियो । यो के थियो भने जुन पार्टीको नेतृत्व पंक्ति छ । त्यो केही गणेश प्रवृति गर्ने पात्रहरुद्वारा मलाई विना कारण दण्डित ग¥यो ।

कुनैपनि नेताहरुको घर जाने स्वभाव मेरो छैन । डा. बाबुराम भट्टराईको घर त्यो पीडामा एक पटक मात्रै गएको थिए । असोक राई ज्यूको घर तीन पटक मात्र गएको छु । राजेन्द्र श्रेष्ठको घरमा एक पटक मात्रै गएको छु । पार्टी एकता भएको कति धेरै भयो । म कामप्रति विश्वास गर्छु । दिउँसो हेर्नुहुन्छ भने म संसदमा भेटिन्छु बेलुका निर्वाचन क्षेत्रमा गएर जनताका समस्या सुन्छु । जनतासँग हुन्छु । म कामप्रति विश्वास गर्छु ।

नेताहरुले रुचाए पनि नरुचाएपनि नेताको घरमा गएर विश्वास गर्ने मान्छे म होइन् । तर त्यसको फाइदा केही गणेश प्रवृतिका मान्छेहरुले लिए । म माथि गलत निर्णय भयो । त्यती मात्रै हाइने नयाँ मान्छे आएपछि पुराना मान्छेलाई हेर्नै छोड्ने । मुखै मन पर्दैन नेतृत्वलाई त्यो प्रवृति थियो । फेरी २, ३ महिनामा नयाँ मान्छे पनि पुरानो भएपछि त्यो पनि मन पर्न छोड्ने । यो ठिक भएन नयाँ पुरानोलाई मिलाएर जानुपर्छ भन्ने मात्रै हो । यो तरिकाले कहिँ न कहिँ चोट लाग्छ नी ।

सारा पार्टी छाडेर गइसके । विजय गच्छदार पनि छोडेर गए । जयप्रकाश जी पनि छोडेर जानुभयो । सबै सखाप भएको थियो केही थिएन बाँकी त्यो बेला देखि हामीले एक एक कडि जोडेर ठूलो पार्टीको चेन बनायौँ र आज रिजल्ट पनि आयो । आज ठूलो नेताको पनि इज्जत छ, यति सांसद छ मेरो पार्टीमा भनेर ।
चुनाव प्रचारमा कोही नेता आएका छैनन् । सबै नेताहरु आफ्नो सिट बचाउन लागेका थिए । हामीले जितेको छ की हारेर बसेको छ के अवस्था भन्ने पनि कसैलाई मतलव थिएन् । हामीले कसरी जितेर आयौँ त्यो पीडा हामीलाई थाहा छ । राजपा र समाजवादीको एकता किन भयो आज । ठूलो पार्टी बनाउन न भयो । एउटा सन्देश दिनका लागि एकता भएको हो नी ।

अब ठूलो पार्टी भइसक्यो । यसले लोकतन्त्र बलियो बनाउन सहयोग पुग्छ । संघीयता बलियो बनाउन पनि सहयोग पुग्छ । भोलीको दिनमा देशलाई झन पहाड मधेश मिलएर राम्रो काम गर्यो भने फड्को पनि मार्न सक्छ । नेपाली जनताको मत जित्यो भने । काँग्रेस कम्युनिष्टलाई पछाडी पारेर एक नम्बर पार्टी बन्न सक्छ । काला गोरा निला सबै अनुहारका नेता हाम्रा छन् । सबै मिल्यो भने सबै जातजातीका छन् । सबै मिलेर गयो भने ठूलो पार्टी बन्न सक्छ ।

हामीलाई पनि माया छ । माया नभएको होइन् । पार्टीलाई आफ्नो आमा ठान्छौँ । पुलिसको डण्डा लात जुत्ता खाएर योगदान गरेको मान्छेलाई सामान्य गल्तीले कारवाही गर्छ भने निश्चित रुपमा एक छिनका लागि पार्टीमा किन बस्ने भन्ने कुरा आएकै थियो । अध्यक्ष नै पछाडी परेपछि भोलीको भविष्य मेरो कहाँ त भनेर डुब्ने मान्छेले किनारा त खोज्छ । खोजेको अवश्य हो । सबै साथीहरुको सर सल्लाह आयो । पार्टीमा सुधार हुन्छ ।तपाईँहरुले गलत कदम नचालनुहोस् । तपाईँहरु आफ्नो कदम सच्याएर पार्टीमा सुधारका लागि हामी कदम गर्छौँ भनेर ।

अब निकास आउँछ मजवुत हामी बनाउँछौँ । पार्टीलाई देशकै राम्रो पार्टी बनाउनलाई हामी प्रयास गर्छौ । सानो कार्यकर्तालाई पनि गाली गरेर होइन फकाएर काम लिनुपर्छ भनेर नेतृत्वलाई सल्लाह दिन चाहान्छु ।

Skip This
Skip This
Logo