प्रधानमन्त्री ‘ब्याक’ देखि कोरोनाविरुद्धको भ्याक्सिनसम्म (भिडियोसहित)

प्रधानमन्त्री ‘ब्याक’ देखि कोरोनाविरुद्धको भ्याक्सिनसम्म (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । हामीले चैत ११ गतेदेखि होम क्वारेन्टाइनमा बसेर बुलेटिन प्रस्तुत गर्दै आएका छौँ । आज पनि हामीले महत्वपूर्ण समाचारहरू प्रस्तुत गरेका छौँ ।

आजका प्रमुख समाचारहरुमध्ये प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली आफैँले ल्याएको राजनीतिक दल र संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिन बाध्य भएका छन् । गत सोमबार एकलौटी रुपमा ल्याएका दुई अध्यादेशको पार्टी तथा प्रमुख प्रतिपक्षी दलले तीव्र आलोचना गरेपछि प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन बाध्य भएका हुन् ।

त्यस्तै सरकारले छिमेकी मुलुकहरुमा कोरोना भाइरसको जोखिमको अवस्था हेरेर मात्र लकडाउन खोल्ने विषयमा निर्णय गर्ने जनाएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिम नेपालमा पनि रहेकाले लकडाउन खोल्ने निर्णय एकपक्षिय रुपमा गर्न नसकिने सरकारले उल्लेख गरेको हो ।

भारतीय क्वारेन्टाइनमा बसोबासको उचित प्रबन्ध नहुँदा एक सय नेपाली महाकाली नदीमा हाम फालेर नेपाल प्रवेश गरेका छन् । उनीहरुले महाकाली नदीमा पौडी खेलेर तथा ट्युबमार्फत नेपाल प्रवेश गरेका हुन् ।

त्यस्तैगरी काडमाडौं उपत्यकाका महानगर तथा नगरपालिकाबाट वितरण गरिने राहत अब घरमा नै पुगेर वितरण गरिने भएको छ । सरकारले लकडाउनका कारण रोजगारी गुमाएका मजदूर वर्गलाई लक्षित गर्दै राहत कार्यक्रम ल्याएपनि हुने खाने वर्ग नै राहत लिन अग्रसर भएकाले महानगरले घरमा नै पुगेर राहत वितरण गर्ने भएको हो ।

युरोपमा पहिलो पटक कोरोना भाइरस विरुद्धको भ्याक्सिन मानिसमा प्रयोग गरिएको छ । दुईजना स्वयंसेवक इलिसा र ग्रानाटोलाई भ्याक्सिन प्रयोग गरिएको हो । सुरुआती चरणमा ८ सय जनालाई भ्याक्सिन दिने तयारी गरिएको छ । भ्याक्सिन दिँदा कुन व्यक्तिलाई कुन भ्याक्सिन दिइएको भन्ने कुरा बिरामीलाई थाहा नदिइने र चिकित्सकलाई मात्रै थाहा हुने जनाएको छ ।

पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्ननभूल्नुहोला

Logo