काठमाडौं ।
गत सोमबार जारी भएका २ वटा अध्यादेश फिर्ता लिने सरकारको निर्णय पछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले गल्ती सच्याएको प्रतिक्रिया दिएको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक संजाल ट्वीटर मार्फत एक सन्देश सार्वजनिक गर्दै यस्तो बताएका हुन् । उनले लेखेका छन् , “अध्यादेश फिर्ता लिएर सरकारले गल्ती सच्यायो, अब अपहरण शैलीमा सांसद उठाउने कर्ममा संलग्नलाई कारबाहीको प्रतीक्षामा छ देश,” । उनले सरकारले अब सम्पूर्ण ध्यान र शक्ति कोरोनाविरुद्धको संघर्षमा केन्द्रित गर्न जरुरी रहेको उल्लेख गरेका छन् ।

बैशाख ८ गते सरकारले राजनीतिक दल सम्बन्धी र संवैधानिक परिषद् अधिकार सम्बन्धी २ अध्यादेश जारी गरेपछि कांग्रेस लगायत अन्य विपक्षीदलहरुले विरोध गर्दै आएका थिए । सत्तारुढ दलभित्रैबाट पनि तिब्र विरोध भएपछि प्रधानमन्त्रीले बाध्य भएर आज अध्यादेश फिर्ता लिएका हुन् ।





























प्रतिक्रिया