राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीबीच एकता (भिडियोसहित)

राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीबीच एकता (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी एकिकृत भई बनेको ‘जनता समाजवादी पार्टी नेपाल’ निर्वाचन आयोगमा दर्ता हुने भएको छ ।

बुधबार राति राजपा र समाजवादी पार्टीबीच एकता भएको र बिहिबार बिहान ११ बजेपछि निर्वाचन आयोगमा ‘जनता समाजवादी पार्टी नेपाल’ को निवेदन दर्ता भएको हो । दल दर्ता गर्न राजपा अध्यक्ष मण्डलका नेताहरु राजेन्द्र महतो, शरदसिंह भण्डारी, समाजवादीका अध्यक्ष उपेन्द्र यादव, राजेन्द्र श्रेष्ठ लागयतका नेताहरु कान्तिपथ स्थित निर्वाचन आयोगको कार्यालय पुगेका थिए ।

दल दर्ताका लागि निवेदन दिएपछि पत्रकारहरुसँग कुरा गर्दै नेता यादवले पार्टी एकिकरण भएको जानकारी आयोगलाई दिइएको बताए । उनले पार्टी प्रति असन्तुष्टी जानाएको भनिएका मोहम्बत इस्तियाक राई र रेणु यादवले समेत पार्टीको काम गरिरहेको र पार्टीको काम प्रति कुनै असन्तुष्टि नरहेको विज्ञप्ति निकालिसकेको बताए । भिडियोमा

Skip This
Skip This
Logo