यस्ता थिए सामाजिक सञ्जालमा पूर्वसचिव भिम उपाध्यायका स्ट्याटसहरु

यस्ता थिए सामाजिक सञ्जालमा पूर्वसचिव भिम उपाध्यायका स्ट्याटसहरु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल सरकारका पूर्वसचिव भिम उपाध्याय पछिल्लो समय सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा धेरै सक्रिय रहेका थिए ।उपाध्यायले कोरोना भाइरसको संक्रमण पछि सरकार , प्रधानमन्त्री केपी आली र सरकारी निकायका उच्च कर्मचारीलाई सामाजिक सञ्जालमा गाली गर्ने गरेका थिए ।

उनले सरकारको उच्चपदमा रहेर अवकाश पछि सरकारको विरुद्धमा लागेको र नचाहिने हल्ला फैलिएको भन्दै बुधबार पक्राउ गरेर उनी बिरुद्ध साइबर अपराधको मुद्दा चल्ने भएको छ । प्रहरीको साइबर ब्यूरोले आज उनलाई अदालतमा उपस्थित गराएर अनुसन्धान गर्न म्याद थपको लागि माग गर्ने तयारी समेत गरेको छ ।

उनले सामाजिक सञ्जालमा भ्रष्टाचार र नेताहरु र कर्मचारीका बारेमा लेख्दै आएका थिए । केही समय अघि वर्तमान स्वास्थ्य मन्त्रालयका सचिव यादव कोइरालासँग सामाजिक सञ्जालमा उपाध्यायको आरोप-प्रत्यारोप समेत चलेको थियो ।

उपाध्यायले चैत्र तेस्रो साता प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमाल, उपप्रधानमन्त्री ईश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, स्वास्थ्य सचिव यादव कोइराला र डिजी महेन्द्र श्रेष्ठ भोलि आइतबारसम्म पदबाट हटे भने अचम्म नमान्नु होला । नभए होलसेलमै पदमुक्त हुन बाध्य हुन सक्छ, भनेर लेखे पछि उनी बढी चर्चा र विवादमा तानिएका थिए ।

तर त्यो भन्दा अझ डरलाग्दो जवाफी स्टाटस उपाध्यायलाई लक्षित गरेर वर्तमान स्वास्थ्य सचिव यादव कोइरालाले लेखेका थिए । जसमा कोइरालाले मेलम्चीमा भ्रष्टाचार गरेको, अपराधी र अंहकारी भनी उपाध्यायमाथि टिप्पणी गरेका थिए । त्यस यताका फेसबुक, ट्वीटरमा उपाध्यायले भ्रष्टाचारको विरोध र विभिन्न सूचनाहरु पोष्ट गरेको देखिन्छ ।

उनलाई कुन चाँही स्टाटस प्रमाणका रुपमा पेश गरिएको हो भन्ने एकीन भएको छैन । उनको पछिल्लो समय विवादित रहेको ओम्नि समुहले स्वास्थ्य सामग्री खरिदमा भष्टरचार भएको सन्र्दभमा स्वास्थ्य मन्त्रालयका सचिव यादव कोइरालावीच चर्काचर्कि नै भएको र सामाजिक सञ्जालमा दोहोरी नै चलेको थियो ।

उनले सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी ओलीको विषयमा किड्नी मात्र अरुको प्रत्यारोपण गरिएको भनेको त गिदि पनि फेरिएको हो की जस्तो पो छ त, पेट भित्र रहेका ४ वटा किड्नीको कमाल राजनीतिमा, जस्ता स्ट्याटस लेखेका छन् ।

उनी बिरुद्ध प्रधानमन्त्री, मन्त्री, सचिवलगायत अन्य संस्थाविरुद्ध सामाजिक सञ्जाल मार्फत गाली गरेको आरोप छ । सामाजिक सञ्जालमा उनले लेखेको विषयले साइबर अपराध आकर्षित हुने देखिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विभिन्न ३ ठाउँबाट उजुरी आएपछि अदालतबाट पक्राउ पूर्जी लिएर उनलाई नियन्त्रणमा लिइएको हो ।

Logo