एकता प्रक्रिया टुंगोमा पुग्यो- राजेन्द्र महतो

एकता प्रक्रिया टुंगोमा पुग्यो- राजेन्द्र महतो

केन्द्रबिन्दु
0
Shares

नेता राजेन्द्र महतोले लामो समयदेखि जारी समाजबादी र राजपाबीचको एकता प्रक्रिया टुंगोमा पुगेको बताएका छन्।

नवगठित जनता समाजबादी पार्टी नेपाल दर्ताका लागि निवाचन आयोग पुगेका महतोले यस्तो प्रतिक्रिया दिएका हुन्। बुधबार राति राजपा र समाजवादी पार्टी एकता हुने सहमति भएको थियो ।

दल दर्ताका लागि उनीहरूले आवेदन बुझाइ सकेका छन्।

त्यसैगरी तत्कालीन समाजवादी पार्टीकी नेतृ रेणु यादवलगायत सांसदले समाजवादी पार्टी फुटाएर नयाँ दल दर्ता गर्ने निर्णय गरेका छन् ।

Logo