काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल काँग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने सत्तारुढ दलबाहेकका अन्य दलहरुको बैठक बोलाएको छ ।
काँग्रेस केन्द्रीय कार्यालयमा आज बोलाइएको बैठकमा सोमबार सरकारले जारी गरेका दुई अध्यादेश र कोरोना भाइरसको सङ्कट समाधान सम्बन्धमा छलफल हुने काँग्रेस सचेतक बालकृष्ण खाँणले जानकारी दिए ।
बैठकमा काँग्रेसबाहेक समाजवादी पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चालगायत दलका प्रमुख र वरिष्ठ नेतालाई आमन्त्रण गरिएको काँग्रेस पार्टी कार्यालयले जनाएको छ । सरकारले सोमबार “संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७” र “राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७” अध्यादेश जारी गरेको थियो ।रासस































प्रतिक्रिया