‘आधार र औचित्य पुष्टि गर्न नसकिने प्रधानमन्त्रीको अध्यादेश’ : कांग्रेस नेता भण्डारी

‘आधार र औचित्य पुष्टि गर्न नसकिने प्रधानमन्त्रीको अध्यादेश’ : कांग्रेस नेता भण्डारी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सरकारले ल्याएको अध्यादेशलाई जनताको प्राथमिकता एकातिर सरकारको प्राथमिकता अर्कोतिर भन्दै आलोचना गरेका छन् । उनले आफ्नो सामाजिक संजाल फेसबुकमा स्टाटस पोष्ट गर्दै सोमबार सरकारले ल्याएको अध्यादेशको खुलेर आलोचना गरेका हुन् ।

उनले जारी अध्यादेशलाई आधार र औचित्य पुष्टि गर्न नसकिने प्रधानमन्त्रीको अध्यादेश भनि कटाक्ष पनि गरेका छन् । विगतका इतिहासहरु कोट्याउँदै भण्डारीले अरुका माछालाई जालमा पार्न बिछ्याइएको जालमा कुन माछा पहिला पर्ने हो समयले प्रष्ट्याउला, प्रतिक्षा गर्नु पर्दछ भन्दै सरकारका यस्ता कामले प्रजातन्त्र गुम्न सक्ने खतरा रहेको पनि बताए ।

उनले फेसबुकमा लेखेका छन् , आधार र औचित्य पुष्टि गर्न नसकिने प्रधानमन्त्रिको अध्यादेश । जनताको प्राथमिकता एकातिर सरकारको प्राथमिकता अर्कोतिर । आफ्नै गोटिको सुरक्षा गर्न समस्या भैरहेको समयमा अर्काको गोटि चोर्न ल्याईएको अध्यादेश । संस्थाहरुको मजबुतिमा प्रजातन्त्र मजबुत हुन्छ भन्ने मान्यताका आधारमा संविधान निर्माण गरिएको हो ।

विगतमा भएका सांसदको किनबेच, पार्टीहरुमा हुने विभाजन र त्यसले ल्याउने अस्थिरता र विकृतिको अन्त्यका लागि संविधानको मनसाय अनुसार ऐनहरु निमार्ण गरिएको थियो । सरकारले काम गर्ने अवसरलाई बाधा नहोस् भनेर सरकार बनेको दुई वर्षसम्म अविश्वास प्रस्ताव राख्न नपाउने व्यवस्था गरिएको हो । विगतका ति सबै कुरालाई मनन नगरी अस्थिरता सित रमाऊनेहरुलाई यो अध्यादेशले फाइदा गर्दछ ।

अरुका माछालाई जालमा पार्न बिछ्याइएको जालमा कुन माछा पहिला पर्ने हो समयले प्रष्ट्याउला प्रतिक्षा गर्नु पर्दछ । यस्तै व्यवहार र दम्भले विगतमा धेरै पटक हाम्रो हातबाट प्रजातन्त्र गुमेको थियो । यस्ता असान्दर्भिक घटनाले पुनः अस्थिरताको बिउ रोपिएको छ । हामीले नजिकबाट चिनेजानेका नेपाली नेताहरुलाई किनबेचको लागि खोलिएका पसलले फेरी पार्टीहरुलाई कमजोर बनाउनेछ ।

Logo