सामाजिक दूरी कायम गर्दै कांग्रेसको पदाधिकारी बैठक (फोटो फिचर )

सामाजिक दूरी कायम गर्दै कांग्रेसको पदाधिकारी बैठक (फोटो फिचर )

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पदाधिकारी बैठक शनिबार बसेको छ । कांग्रेस पदाधिकारी बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको हो ।

बैठकमा कोरोना भाइरस संक्रमणको रोकथाम तथा उपचारका लागि सरकारका तर्फबाट भएका काम कारवाही र पार्टीका तर्फबाट गर्न सकिने योगदानलगायत विषयमा छलफल भएको छ । कोरोना भाइरसको संक्रमण रोकथामका लागि मुलुकभर गत चैत ११ गतेदेखि लकडाउन लागू भएपछि आज बसेको पदाधिकारीको बैठक दोस्रो पटक हो । यसअघि  चैत २५ गते पहिलोपटक बसेको थियो ।

बैठकमा विश्वव्यापी रुपमा फैलिएको नोवेल कारोना भाइरसको संक्रमण फैलिन सक्ने जोखिमका कारण सामाजिक दूरी कायम गरिएको थियो ।

फोटो फिचर

Logo