लकडाउनका कारण अलपत्र परेका महिला र बालबालिकाको तत्काल रेस्क्यु गर्न कानुनमन्त्रीको प्रस्ताव

लकडाउनका कारण अलपत्र परेका महिला र बालबालिकाको तत्काल रेस्क्यु गर्न कानुनमन्त्रीको प्रस्ताव

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले लकडाउनका बाटोमा अलपत्र परेका महिला र बालबालिका जो जहाँ छन् त्यहीँबाट तत्कालै रेस्क्यु गर्न सरकारसँग प्रस्ताव गरेकी छिन् । मन्त्री तुम्बाहाङ्फेले शुक्रबार उच्चस्तरीय समितिका संयोजक उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापासँग प्रस्ताव गरेकी हुन् । साथै, मन्त्री तुम्बाहाङ्फेले अन्य बाटोमा अलपत्र परेका नागरिकहरुको पनि क्रमस रेस्क्यु गर्नुपर्नेमा जोड दिएकी छिन् ।

त्यस्तै सरकारले लकडाउनपछि बाटोमा अलपत्र परेका मानिसलाई गन्तव्यसम्म र्पुयाउने वा त्यही खान बस्न दिने व्यवस्था मिलाउनेमध्ये कुनै एक निर्णय गर्ने तयारी गरेको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकमा यस विषयमा छलफल गरिएको थियो ।

समितिमा गरिएको छलफल पछि समिति सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि सोही प्रस्ताव गर्ने जनाइएको छ । देशैभर एकै साथ गरिएको लकडाउनका कारण रोजगारीको अवसर ठप्प भएका छन् । रोजगारी गुमेपछि जन्मथलोतर्फ मजदूरहरु निस्किएका कारण उनीहरुलाई प्रशासनले रोकेपछि मजदूर देशका विभिन्न ठाउँमा अलपत्र परेका छन् । सरकारले दैनिक मजदूरी गर्ने नागरिकलाई उचित राहतको व्यवस्था गर्न पनि नसक्ने र आफ्नो गन्तव्य स्थलमा जान पनि नदिएको भन्दै आलोचना भएको छ ।

Logo