बाबुरामको प्रश्न, तलब भत्ता त्याग्नेको चुनाव खर्च कसरी चल्छ ?

बाबुरामको प्रश्न, तलब भत्ता त्याग्नेको चुनाव खर्च कसरी चल्छ ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नारायणकाजी श्रेष्ठलाई लक्षित गर्दै तलब भत्ता त्याग्नेको चुनाव खर्च कसरी चल्छ भन्दै प्रश्न गरेका छन् । अध्यक्ष भट्टराईले मंगलबार ट्वीट गर्दै त्यस्तो प्रश्न गरेका हुन् ।

नयाँ वर्षको अवसरमा नेपाल कम्युनिष्ट पार्टी प्रवक्ता एवं राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले एक वर्षको तलब नलिने घोषणा गरेका थिए । साथै, उनले चुनावको समयमा समेत ठुला कर्पोरेट हाउससँग खर्च नलिएको दाबी गरेका थिए । त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि देशमा नोवेल कोरोना भाइरसको संक्रमण नियन्त्रणमा नआउँदासम्म तलब नलिने घोषणा गरेका थिए ।

‘प्रम लगायत कतिपय बड़े नेताहरूले आफ्नो दृश्य तलब, भत्ता पूरै त्याग्ने घोषणा गर्नु राम्रो हो’–डा. भट्टराईले ट्वीटरमा प्रश्न गरेका छन्–‘त्यससंगै आफ्नो कुनै पैतृक सम्पत्ति,बचत र वैध कमाइ नहुनेहरू कमसेकम संसद सरकारलाई बुझाएको सम्पत्ति विवरणमा नदेखिनेको विलासी रहनसहन र चुनावको खर्च कसरी चल्छ त्यो पनि बताउँदा राम्रो होला कि ? ।’

Logo