जिपी फाउण्डेशनमार्फत अष्ट्रेलियामा रहेका नेपालीलाई सहयोग गर्न सुजाताको निर्देशन

जिपी फाउण्डेशनमार्फत अष्ट्रेलियामा रहेका नेपालीलाई सहयोग गर्न सुजाताको निर्देशन

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

गिरिजाप्रसाद कोइराला फाउण्डेशनकी अध्यक्ष सुजाता कोइरालाले अष्ट्रेलियामा रहेका नेपालीको वस्तुस्थिति बुझी सहयोग गर्न त्यहाँस्थित फाउण्डेशनको शाखालाई निर्देशन दिएकी छिन् ।

अध्यक्ष कोइरालाले जिपी फाउण्डेशन अष्ट्रेलियाका अध्यक्ष नील थपलिया र ओसियानाका अध्यक्ष रमेश छत्कुलीलाई टेलिफोन गरी कोरोना भाइरस फैलिरहेकाले आपतविपत् परेका नेपालीलाई फाउण्डेशनका तर्फबाट सक्दो सहयोग गर्न निर्देशन दिएको फाउण्डेशनको सचिवालयद्वारा आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

पूर्वपरराष्ट्रमन्त्री कोइरालाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “कोरोना भाइरसको सङ्क्रमण फैलिरहेको छ, त्यहाँ नेपालीहरु धेरै छन्, कोरोनाकै कारण कसैलाई समस्या प¥र्यो भने जिपी कोइराला फाउण्डेशनका तर्फबाट सक्दो सहयोग गर्नुहोला ।”

फाउण्डेशन अष्ट्रेलियाका अध्यक्ष थपलियाले अष्ट्रेलियामा रहेका नेपालीलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको फाउण्डेशनले जनाएको छ । फाउण्डेशन ओसियानाका अध्यक्ष छत्कुलीले पनि समस्यामा परेका नेपालीलाई सहयोग गर्ने पहल भइरहेको जानकारी गराएको विज्ञप्तिमा उल्लेख छ ।रासस

Logo