राहतको लाइनमा हुने खानेदेखि नयाँ वर्षदेखि ब्याजदर घट्नेसम्म (भिडियोसहित)

राहतको लाइनमा हुने खानेदेखि नयाँ वर्षदेखि ब्याजदर घट्नेसम्म (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । हामीले चैत ११ गतेदेखि होम क्वारेन्टाइनमा बसेर बुलेटिन प्रस्तुत गर्दै आएका छौँ । आज पनि हामीले महत्वपूर्ण समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरु मध्येलकडाउनका बेलामा अति विपन्न एवं ज्याला मजदूरीमा दैनिक गुजारा चलाउनेलाई वितरण गरिने राहत हुने खानेहरु नै लाइनमा बसेर लिन थालेका छन् । कोभिड–१९ को संक्रमण फैलिन नदिन सरकारले लागू गरेको लकडाउनमा दैनिक मजदुरी गरेर खानुपर्ने मानिस भोकै बस्नु नपरोस् भनेर स्थानीय तहले शुरु गरेको राहत वितरणको लाइनमा करोडौँको सम्पत्ति भएकाहरु पनि बसेपछि वितरणमा सकस पर्न थालेको छ ।

त्यस्तै सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि आवश्यक सम्पूर्ण तयारी भएको स्पष्ट पारेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बालुवाटारस्थित सरकारी निवासबाट राष्ट्रका नाममा सम्बोधन गर्दै सरकार सबै किसिमको अवस्थाका लागि पूर्ण तयारीमा रहेको बताए ।

विश्वभर महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि लकडाउनलाई कार्यान्वयन गर्न विभिन्न देशहरूले कडा नियम बनाएर लागू गरेका छन् । फिलिपिन्समा लकडाउन तोड्ने एक ६३ वर्षीय पुरुषमाथि गोली हानी हत्या गरिएको छ ।

त्यस्तैगरी कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउनको घोषणा गरेसँगै पोल्ट्री व्यावसायी मारमा परेका छन् । कोरोना भाइरसको महामारीसँगै सर्वसाधारणले मासु खान छाडेसँगै पोल्टी व्यवसाय मारमा परेको हो । दाना आपूर्ति नभएको र उत्पादित मासु बजारमा बिक्री नहुँदा कतिपय स्थानमा किसानले हुर्कंदै गरेका कुखुरा मार्न थालेका छन् ।

वाणिज्य बैंकहरुबीच आधारदर (वेसरेट) घटाउने सहमति भएको छ । नेपाल राष्ट्र बैंकले वेसरेट घटाएपछि बैंकहरुले पनि घटाउने सहमति गरेको बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बताए । राष्ट्र बैंकले १ प्रतिशत घटाएकाले बैंकहरुले पनि १ प्रतिशत वेसरेट घटाउने तयारी गरेका छन् । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला

Logo