काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले विश्वव्यापी महामारीको रुपमा फैलिएको नोवेल कोरोना (कोभिड–१९) भाइरसको संक्रमणबाट बचाउन विदेशमा रहेका नेपाली नागरिकहरुको स्वास्थ्य सुरक्षामा ध्यान दिन सरकारसँग माग गरेका छन् । अध्यक्ष थापाले सोमबार ट्वीट गर्दै सरकारसँग सो माग गरेका हुन् ।
‘अमेरिकामा ठूलो संख्यामा नेपालीहरु (कोभिड–१९) बाट संक्रमित भएको, अष्ट्रेलियामा विद्यार्थीहरु समस्यामा परेको, भारतीय सीमाक्षेत्रमा नेपालीहरुले कष्ट भोग्नुपरेको र अन्य देशहरुमा पनि नेपालीहरु जोखिममा रहेको देखिन्छ’– उनले ट्वीटरमा लेखेका छन्–‘विदेशमा रहेका नेपालीहरुको स्वास्थ र सुरक्षाका निमित्त सरकारको ध्यान जाओस् ।’
































प्रतिक्रिया