‘कम्युनिष्टलाई दुई तिहाइ मत दिएर जनताले भूल गरे’ : जसपा नेता महतो

‘कम्युनिष्टलाई दुई तिहाइ मत दिएर जनताले भूल गरे’ : जसपा नेता महतो

केन्द्रबिन्दु
0
Shares

जनकपुरधाम ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले कम्युनिष्टलाई दुई तिहाइ मत दिएर जनताले ठूलो भूल गरेको बताएका छन् । जसपाले सोमबार जनकपुरधाममा आयोजना गरेको विरोधसभामा नेता महतोले भने, “प्रतिनिधिसभा विघटन संसदीय लोकतन्त्र र संवैधानिक व्यवस्थामाथिको प्रहार हो ।”

वर्तमान संविधानलाई विश्वकै उत्कृष्ट भनिएकामा किन समस्या आयो भनी नेता महतोले प्रश्न गर्दै भने, “अहिलेको संविधान सबै जनताको नभएकाले समस्या आएको हो ।” उनले अमेरिकामा २०० वर्ष र भारतमा ७० वर्षदेखि एउटै संविधान रहेको तर हाम्रो देशमा सात–सातवटा संविधान बनिसके पनि मधेशी जनता आफ्नो अधिकार पाउनबाट अझ वञ्चित हुनु परेको बताए ।

जसपाका नेता शरदसिंह भण्डारीले संसद् विघटनपछि मुलुकमा राजनीतिक अस्थिरता आएको धारणा व्यक्त गरे। विरोधसभामा जसपाका नेताहरु रेणुकुमारी यादव, वृषेशचन्द्र लाल, उमाकान्त झा, जितेन्द्र सोनललगायतले समेत आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

Skip This
Skip This
Logo