अध्यक्ष प्रचण्डको सतर्कता अभिवृद्धि गर्न आग्रह

अध्यक्ष प्रचण्डको सतर्कता अभिवृद्धि गर्न आग्रह

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काेराेना सतर्कता अभिवृद्धि गर्न आग्रह गरेका छन् । उनले आइतबार सामाजिक सञ्जालमा कोरोना सतर्कता अधिवृद्धि गर्न आग्रह गरेका हुन् ।

अध्यक्ष दाहालले सामाजिक सञ्जालमा लेखेका छन्–‘कोरोना भाइरसको संक्रमण रोक्ने तयारीका लागि आवश्यक औषधि, उपकरण र दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्थालाई सहज तुल्याउनेतर्फ आफ्नो पहल बढाउन सरकारलाई अनुरोध छ ।’

यस्तै उनले जोखिमसँग जुध्न राष्ट्रिय एकता र उच्च मनोबलका साथ लागि पर्न र यसको सामना गर्न पनि सबैमा अनुरोध गरेका छन् ।

Logo