‘सुनिल थापाले पार्टी एकता बहिस्कार गर्नु भएको होइन’ : प्रचार विभाग प्रमुख श्रेष्ठ

‘सुनिल थापाले पार्टी एकता बहिस्कार गर्नु भएको होइन’ : प्रचार विभाग प्रमुख श्रेष्ठ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका नेता सुनिल थापाले राप्रपा र राप्रपा संयुक्त पार्टीबीच भएको पार्टी एकता कार्यक्रम बहिस्कार नगरेको राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताएका छन् ।

केन्द्रबिन्दु डटकमसँग कुरा गर्दै विभाग प्रमुख श्रेष्ठले सो कुरा बताएका हुन् । नेता थापाले कार्यक्रम बहिस्कार गर्ने सम्बन्धमा कुनै विज्ञप्ति र औपचारिक जानकारी नगराएकाले पार्टी एकता कार्यक्रम बहिस्कार गरेको भन्न नहुने उनको भनाइ छ ।

‘उहाँले बहिस्कार गर्नुपर्ने कुनै कारण छैन । उहाँको वरिपरिका सबै व्यक्ति उपस्थित हुनु भएको छ । कुनै विशेष कारणले उहाँ (थापा) उपस्थित हुन सक्नु भएन होला’–उनले केन्द्रबिन्दुसँग कुरा गर्दै भने– ‘उहाँले कुनै विज्ञप्ति पनि निकाल्नु भएको छैन र पार्टीभित्र असन्तुष्टि पनि जनाउनु भएको छैन । त्यसैले यसलाई पार्टी एकीकरण नै बहिस्कार गरेको भन्न मिल्दैन ।’

नेता सुनिल थापा बुधबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा तीनै जना अध्यक्ष (थापा, राणा र लोहनी) ले बारम्बार सम्बोधन गर्ने राप्रपाका संस्थापक अध्यक्ष स्वर्गीय सूर्यबहादुर थापाका छोरा हुन् ।

गत शनिबार राप्रपा र राप्रपा संयुक्त पार्टीले पार्टी एकीकरण गर्ने आधारपत्रमा हस्ताक्षर गरेका थिए । सोही आधारपत्र अनुसार बुधबार दुई पार्टीबीच एकीकरण भएको घोषणा गरिएको थियो । पार्टी एकता भएको औपचारिक घोषणा गर्ने कार्यक्रममा राप्रपा संयुक्तका नेता थापा अनुपस्थित थिए ।

Skip This
Skip This
Logo