काठमाडौं ।
राप्रपाका महामन्त्री राजेन्द्र लिङदेनले आफ्नै पार्टीका बरिष्ठ नेताहरुलाई अगाडि राखेर तिखो ब्यङ्ग्य गरेका छन् । राप्रपा र राप्रपा संयुक्तको पार्टी एकता कार्यक्रमलाई आज संबोधन गर्दै लिङदेनले आफ्नै नेताहरुप्रति ब्यङ्ग्य बाँण चलाएका हुन् ।
उनले भने ‘कसैका कारण होइन, तपाईंहरुको अहमको चक्करको जाँतोमा हाम्रो यस्तो अवस्था भएको हो ।’ उनले यसो भनिरहँदा राप्रपा र राप्रपा संयुक्तका अध्यक्षहरु मञ्चमा बसिरहेका थिए । उनले फेरि थपे – ‘यो तपाईंहरुका निम्ति अन्तिम अवसर हो ।’ ‘तपाईंहरु नजुधेको भए राजतन्त्र जान्थ्यो ? तपाईंहरु नजुधेको भए हिन्दुधर्म जान्थ्यो ? तपाईंहरु नजुधेको भए गणतन्त्र आउँथ्यो ?’ – उनको आक्रोस थियो ।
झापा जिल्लाबाट राप्रपाको प्रत्यासी भएर जीत निकाल्ने लोकप्रिय नेता लिङदेनले आक्रामकरुपमा भाषण गर्दैगर्दा नेताहरु प्रतिक्रियाविहीन थिए भने उपस्थित कार्यकर्ताहरुले भने उनलाई तालीले स्वागत गरेका थिए । उनको निश्कर्ष थियो, ‘जनताले कम्युनिष्ट र कांग्रेसको बिकल्प खोजेका छन् । त्यो राप्रपा नै हो ।’ लिङदेनको सम्पूर्ण भाषणको तारो भने पार्टीका शीर्ष नेताहरु नै थिए । हेरौं यो भिडियोमा :





























प्रतिक्रिया