१८ राष्ट्रिय सभा सदस्यले बुधबार शपथ खाने

१८ राष्ट्रिय सभा सदस्यले बुधबार शपथ खाने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नव निर्वाचित १८ जना राष्ट्रिय सभा सदस्यले बुधबार शपथ खाने भएका छन् । उनीहरुले राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन २०७५ को दफा ६८ को उपदफा १ बमोजिम शपथ खाने छन् ।

मंगलबार संघीय संसद् सचिवालयका उपसचिव रामहरि थापाद्वारा जारी विज्ञप्तिमा बुधबार उनीहरुलाई शपथ खुवाउने उल्लेख गरिएको छ ।

नव नियुक्त सदस्यलाई राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शपथ खुवाउने छन् । राष्ट्रिय सभा सदस्यमध्ये १९ जनाको पदावधि मंगलबारदेखि सकिएको छ ।

Skip This
Skip This
Logo